News Portal

रेडियो सुन्नुहोस्

नगरपालिकाले बढाएको करमा सबैको करकर

गिरुप्रसाद भण्डारी२०७९ श्रावण २०, प्यूठान
६५७ पटक
२०७९ श्रावण २०, प्यूठान

गत वर्षको भन्दा किन दोब्बर कर बढाएको ? गठबन्धनका उम्मेदवार भनेर चुनाव जिताएको त यिनीरुले हाम्रै ढाड सेक्ने भए । भोटदिएर ठूलो भूल गरिएछ । प्यूठान नगरपालिकामा कर बुझाउन पुगेका एकजना सेवाग्राही कराउँदै थिए । करकर गर्दै थिए ।

निर्वाचित भएको पहिलो वर्षमै कर बढाउन यिनीहरुलाई किन परेको होला ? गत वर्षको भन्दा दोब्बर कर बुझाएका दर्जनौ सेवाग्राहीले अघिल्लो वर्ष र यसवर्षको कर बुझाएका रसिद सामाजिक सञ्जालमा राख्दै नगरपालिकाले बढाएको करको सर्वत्र विरोध गरिहेका छन् । नगरपालिकाले यसवर्ष करको दायरा बढाएको छ । घरजग्गाको मूल्यांकन बढाएर कर दोब्बर बनाएको छ ।

विकास निर्माण र सेवा सुविधामा कुनै सुधार छैन । यसवर्ष ल्याएको नीति तथा कार्यक्रम र बजेटमा विगत भन्दा खासै भिन्नता छैन । तर, कर भने झण्डै दोब्बर बृद्धि गरेको छ । किन बढानु प¥यो कर ? भन्ने प्रश्नको उत्तर नगरपालिकाले नगरबासीलाई दिन सक्नुपर्छ । बढेको करले यो काम गर्दैछौ भन्न सक्नुपर्छ । जनतालाई चित्त बुझाउन सक्नुपर्छ । पहिले मालपोतले मूल्यांकन गरेको जग्गामा २० प्रतिशत छुट दिएर घरजग्गाको मूल्यांकनगरि कर लिने गरेको थियो । यसवर्ष छुट हटाइएको छ । छुट हटाउन पर्ने कुनै कारण छैन । कर बढी उठाउनकै लागि प्रति स्क्वायरफुट ८ सय रुपैयाँबाट १ हजार २ सय रुपैयाँ पक्की घरको मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।

कोरोनाका कारण व्यापारी थला परेका छन् । व्यापार ठप्प छ । विदेश गएकाहरु घर फर्केका छन् । बेरोजगार छन् । जनतालाई चुलो बाल्न मुख्कील परेको छ । महंगी चुलिएको छ । बैंकमा पैसा छैन । बैंकले लगानी गरेको छैनन् । जो कोहीको मुखबाट निस्कने वाक्य एउटै छ, यस्तो बेलामा नगरपालिकाले कर किन बढाको छ ? मनछुने कार्यक्रम नगरपालिकाले ल्याएको जनताले अनूभूति गरेका छैनन् । फोहोर फाल्ने ल्याण्ड फिल्ड साइड व्यवस्थित छैन् । ग्रामिण सडक वर्षातसंगै अवरुद्ध छन् । नगरपालिका क्षेत्रको बाग्दुला–दम्ती सडक थोरै वर्षा हुँदा पनि हिलाम्ये हुन्छ । वर्षा नहुँदा धुलैधुलो हुन्छ । बिजुवार–ढुङेठाटी–देउराली–रोल्पा सडकको स्थिति यस्तै छ हिलाम्ये र धुलाम्ये । १० वटै वडाका मुख्य/मुख्य बस्ती पुग्ने सडकको अवस्था बेहाल छन् । गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु, उपज बजार ल्याउन किसानलाई सडकका कारण मुस्किल छ ।

नगरभित्र पर्ने मुख्य सडक प्यूठान–भालुबाङ सडककै लगतकट्टा गर्ने कार्यक्रम नगरपालिकाले सडक, नापी, मालपोतसंग समन्वय गरेर यसवर्ष पनि ल्याएको छैन । जनताले गाडी गुडेको सडकको समेत कर तिर्न परिरहेको छ । ग्रामिण सडकहरुको पनि लगतकट्टा गर्ने कार्यक्रम बनाएको छैन् । वर्षाँैदेखि नगरबासीले यो पीडा भोग्दै आएका थिए । नयाँ प्रतिनिधि आएर पनि छुटकारा पाएनन् । घरजग्गाको मुल्यांकन नगरपालिकाले गरेर मालपोतलाई दिने गर्छ । खोलाले खाएको खेतमा झिमरुक नदि बगेको छ । यसको पनि कर जनताले बुझाउन परेको छ । बाटोले भत्काउने घर, बाटोमा पर्ने जग्गाको कर समेत नगरबासीले बुझाउन परिहेको छ । आधा पेट खाएर जनताले नगरपालिकालाई कर बुझाउन पर्दा आक्रोश पोखेका हुन् ।

कैयौँ स्थानमा जग्गाको सरकारी दस्तुर धेरै र बजार भाउ थोरै छ । प्यूठान भालुबाङ सडक क्षेत्रको २१ मिटर भित्र बनेका घरहरु सडक क्षेत्रको भनेर बैंकहरुले मुल्यांकन गर्दैनन् । धितो राख्दैनन् । तर, नगरपालिकाले नक्सा पास गर्न नमानेपनि मूल्यांकन गरेर चर्को कर असुलिगरीरहेको छ । यी कारणहरुले गर्दा नगरपालिकाले बढाएको करको जनताले विरोध गरेका हुन् । सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् । सामाजिक सन्जालमा आएका विरोधको निर्वाचित नयाँ जनप्रतिनिधहरुले सुनुवाई गर्न सक्छन कि सक्दैनन् ?

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...