News Portal

रेडियो सुन्नुहोस्

नगरपालिकाले बढाएको करमा सबैको करकर

गिरुप्रसाद भण्डारी२०७९ श्रावण २०, प्यूठान
१०४४ पटक
२०७९ श्रावण २०, प्यूठान

गत वर्षको भन्दा किन दोब्बर कर बढाएको ? गठबन्धनका उम्मेदवार भनेर चुनाव जिताएको त यिनीरुले हाम्रै ढाड सेक्ने भए । भोटदिएर ठूलो भूल गरिएछ । प्यूठान नगरपालिकामा कर बुझाउन पुगेका एकजना सेवाग्राही कराउँदै थिए । करकर गर्दै थिए ।

निर्वाचित भएको पहिलो वर्षमै कर बढाउन यिनीहरुलाई किन परेको होला ? गत वर्षको भन्दा दोब्बर कर बुझाएका दर्जनौ सेवाग्राहीले अघिल्लो वर्ष र यसवर्षको कर बुझाएका रसिद सामाजिक सञ्जालमा राख्दै नगरपालिकाले बढाएको करको सर्वत्र विरोध गरिहेका छन् । नगरपालिकाले यसवर्ष करको दायरा बढाएको छ । घरजग्गाको मूल्यांकन बढाएर कर दोब्बर बनाएको छ ।

विकास निर्माण र सेवा सुविधामा कुनै सुधार छैन । यसवर्ष ल्याएको नीति तथा कार्यक्रम र बजेटमा विगत भन्दा खासै भिन्नता छैन । तर, कर भने झण्डै दोब्बर बृद्धि गरेको छ । किन बढानु प¥यो कर ? भन्ने प्रश्नको उत्तर नगरपालिकाले नगरबासीलाई दिन सक्नुपर्छ । बढेको करले यो काम गर्दैछौ भन्न सक्नुपर्छ । जनतालाई चित्त बुझाउन सक्नुपर्छ । पहिले मालपोतले मूल्यांकन गरेको जग्गामा २० प्रतिशत छुट दिएर घरजग्गाको मूल्यांकनगरि कर लिने गरेको थियो । यसवर्ष छुट हटाइएको छ । छुट हटाउन पर्ने कुनै कारण छैन । कर बढी उठाउनकै लागि प्रति स्क्वायरफुट ८ सय रुपैयाँबाट १ हजार २ सय रुपैयाँ पक्की घरको मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।

कोरोनाका कारण व्यापारी थला परेका छन् । व्यापार ठप्प छ । विदेश गएकाहरु घर फर्केका छन् । बेरोजगार छन् । जनतालाई चुलो बाल्न मुख्कील परेको छ । महंगी चुलिएको छ । बैंकमा पैसा छैन । बैंकले लगानी गरेको छैनन् । जो कोहीको मुखबाट निस्कने वाक्य एउटै छ, यस्तो बेलामा नगरपालिकाले कर किन बढाको छ ? मनछुने कार्यक्रम नगरपालिकाले ल्याएको जनताले अनूभूति गरेका छैनन् । फोहोर फाल्ने ल्याण्ड फिल्ड साइड व्यवस्थित छैन् । ग्रामिण सडक वर्षातसंगै अवरुद्ध छन् । नगरपालिका क्षेत्रको बाग्दुला–दम्ती सडक थोरै वर्षा हुँदा पनि हिलाम्ये हुन्छ । वर्षा नहुँदा धुलैधुलो हुन्छ । बिजुवार–ढुङेठाटी–देउराली–रोल्पा सडकको स्थिति यस्तै छ हिलाम्ये र धुलाम्ये । १० वटै वडाका मुख्य/मुख्य बस्ती पुग्ने सडकको अवस्था बेहाल छन् । गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु, उपज बजार ल्याउन किसानलाई सडकका कारण मुस्किल छ ।

नगरभित्र पर्ने मुख्य सडक प्यूठान–भालुबाङ सडककै लगतकट्टा गर्ने कार्यक्रम नगरपालिकाले सडक, नापी, मालपोतसंग समन्वय गरेर यसवर्ष पनि ल्याएको छैन । जनताले गाडी गुडेको सडकको समेत कर तिर्न परिरहेको छ । ग्रामिण सडकहरुको पनि लगतकट्टा गर्ने कार्यक्रम बनाएको छैन् । वर्षाँैदेखि नगरबासीले यो पीडा भोग्दै आएका थिए । नयाँ प्रतिनिधि आएर पनि छुटकारा पाएनन् । घरजग्गाको मुल्यांकन नगरपालिकाले गरेर मालपोतलाई दिने गर्छ । खोलाले खाएको खेतमा झिमरुक नदि बगेको छ । यसको पनि कर जनताले बुझाउन परेको छ । बाटोले भत्काउने घर, बाटोमा पर्ने जग्गाको कर समेत नगरबासीले बुझाउन परिहेको छ । आधा पेट खाएर जनताले नगरपालिकालाई कर बुझाउन पर्दा आक्रोश पोखेका हुन् ।

कैयौँ स्थानमा जग्गाको सरकारी दस्तुर धेरै र बजार भाउ थोरै छ । प्यूठान भालुबाङ सडक क्षेत्रको २१ मिटर भित्र बनेका घरहरु सडक क्षेत्रको भनेर बैंकहरुले मुल्यांकन गर्दैनन् । धितो राख्दैनन् । तर, नगरपालिकाले नक्सा पास गर्न नमानेपनि मूल्यांकन गरेर चर्को कर असुलिगरीरहेको छ । यी कारणहरुले गर्दा नगरपालिकाले बढाएको करको जनताले विरोध गरेका हुन् । सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् । सामाजिक सन्जालमा आएका विरोधको निर्वाचित नयाँ जनप्रतिनिधहरुले सुनुवाई गर्न सक्छन कि सक्दैनन् ?

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...