


सिभिल बैंक लिमिटेड प्यूठान जस्पुर शाखाले आज एटीएम सेवाको शुभारम्भ गरेको छ । ग्राहकहरुको माग र सर्वसाधारणलाई सर्वसुलभ रुपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले एटीएम सेवा संचालन ल्याएको शाखा प्रमुख राजु खरेलले जानकारी दिए ।
आईतबार माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारीले एक कार्यक्रमका बिच एटीएम सेवाको उद्घाटन गरेका हुन् । सिभिल बैंक लिमिटेडले देशभरका ११५ शाखाबाट बैंकिङ सेवा दिदै आएको प्रमुख खरेलले बताए ।
शाखा प्रमुख खरेलका अनुसार हाल उक्त शाखामा करिब ८ हजार ग्राहक रहेका छन् । जिल्लामा सिभिल बैंक लिमिटेडले दुई वटा शाखा विस्तार गरि सेवा दिदै आईरहेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

