News Portal

रेडियो सुन्नुहोस्

टमाटर उत्पादनमा पहिलो वडा, मर्कावाङमा कृषि एम्बुलेन्स परिक्षण गरिदै

झुलेनी पोष्ट २०७९ साउन २३, प्यूठान
३१७ पटक
२०७९ साउन २३, प्यूठान

माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ, गाउँपालिकामा सबै भन्दा धेरै टमाटर उत्पादन हुने वडाको रुपमा चिनिन्छ । पछिल्लो समय यहाँका अधिंकाश कृषकहरु टमाटर उत्पादनमा लागेका छन् ।
गाउँमा स्मार्ट कृषि योजना भित्रिएसगँै यहाँका कृषक टमाटरखेती तर्फ अझ उत्साहित भएका हुन् । त्यहाँका कृषकहरुले करिब डेढ दशक भन्दा पहिलेदेखी मासिक हजारौ कुईण्टलको परिमाणमा टमाटर उत्पादन गर्दै आईरहेका छन् । मर्कावाङ वडा अन्तर्गत धन्चौर, रातापानी, गोलवाङ, पुकरुक, काभ्रे लगाएत अधिकाशं गाउँका कृषकहरु टमाटर खेतीमा लागेमा छन् । स्मार्ट कृषि कार्यक्रम वडामा लागु भएको करिब १ वर्ष पुग्यो ।
प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत प्रत्येक कृषकको घर घरमा स्मार्ट पोखरी निमार्ण गरिएको माण्डवी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रकास वलीले बताए ।
स्मार्ट कृषि कार्यक्रम मार्फत वडाका कृषकहरुले क्यारेट, टनेल, लगाएतका कृषि सामाग्री पाएका छन् ।
वडामा स्मार्ट कृषि कार्यक्रम लागु भएतापनि त्यहाँका कृषकहरुलाई बजारीकरणका साथै बाटोको समस्या भने रहदै आएको छ । वडाका वस्ती वस्तीमा मोटरबाटो पुगेता पनि ग्रामिण क्षेत्रमा भिरालो जमिन भएका कारण टमाटर बिक्री गर्नका लागि ज्याननै जोखिममा पारेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता छ । उक्त समस्यालाई मध्यनजर गर्दै वडाले वस्तीस्तरमा सडक सुधार गरि कृषि एम्बुलेन्स परिक्षण गर्ने भएको छ ।
यसै वर्ष देखी लागु हुने गरि वडाले थौरै मात्रामा कृषि एम्बुलेन्स परिक्षणका लागि ५ लाख रुपैया बजेट विनियोजन गरेको अध्यक्ष वलीले बताए । त्यस्तै उक्त वडामा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रदेश सरकार र गाउँपालिकाबाट ३०।३० लाखको बजेट छुट्टाइएको छ ।
साथै उनले वडाले खानेपानी, सडक, सिचाइँ कुलो लगाएतका विषयलाई पहिलो प्राथमिकता राखेर काम गर्न थालेको बताए ।

 

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...