प्यूठान, प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय बैठकमा टुगंो लागेको छैन । १ सय ४६ वटा मतको विषयमा निर्वाचन आयोग संग राय मागिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । निर्वाचन आयोगबाट कुनै निर्णय आइनसकेको नेपालले बताइन । उनले सर्वदलिय बैठकले निर्णय गरेमा र आयोगले केहि निर्देशन दिए पछी मात्रै प्यूठानको मतगणना सुरुहुने बताइन । दुवै स्थानमा मतपत्र वितरणमा त्रुटी फेला परेपनि उम्मेद्वारहरुको सहमतीमा मतदान प्रकृयालाई निरन्तर्ता दिएको थियो ।
प्यूठानका १ सय ५६ वटै मतदान स्थलहरुबाट मतपेटिका जिल्ला सदरमुकाम खलंगामा ल्याइसकिएको छ । जिल्लामा १लाख ५९ हजार ७ सय ६० मतदाता रहेका मध्य ५५ दशमलव ११ प्रतिशत ८८ हजार ४७ जनाले मतदान गरेका थिए ।
प्यूठानमा प्रतिनिधी सभा सदस्यका लागि गठबन्धनको तर्फबाट राजमोकी दुर्गा पौडेल नेकपा एमालेबाट सूर्य बहादुर थापा को कडा प्रतिसपर्दा रहेको छ । प्रदेश क तर्फ एमाले बाट तुल्सीराम शर्मा र गठबन्धनको तर्फबाट माओबादि केन्द्रका कृष्ण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन । त्यस्तै ख तर्फ एमालेका हरी प्रसाद रिजाल र गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका सरोज थापा प्रतिस्पर्धामा रहेका छन ।
प्यूठानमा मतगणना अझै सुरु भएन
मधुसुधन पोख्रेलमंसिर ५
मंसिर ५प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
प्रेस चौतारी नेपाल प्यूठानले आईतबार पत्रकार भेटघाट गरेको छ । नेकपा एमाले प्यूठानले गरेका जिल्लाका...
भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको...
विवादास्पद व्यवसायी प्रसाईँद्वारा गल्ति स्वीकार
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा...
आजदेखि एनपीएल सुरु हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)...
सरुमारानीमा गाउँसभाको १६ औं अधिवेशन सुरु
सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ । अधिवेशनमा आ.व.२०८०/०८१...