News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर : आहा ! गुलियो सुन्तला

बिबस घर्ती मगर२०७९ पाैषा ०६ गते, प्यूठान
१२७२ पटक
२०७९ पाैषा ०६ गते, प्यूठान

यो सिजनमा बिजुवारको मित्रमणि चोकमा सधैजसो ६/७ जना महिलाहरुले सुन्तला र कमला बिक्रि गर्दै गरेको अवस्थामा भेटिन्छन् । गाउँको सुन्ताला बजार झारेर बिक्री गरेर उनीहरुले परिवार पाल्दै आएका छन् ।

 

घर गुजारा चलेको छ । प्यूठान नगरपालिका १० छेपानेका बसन्ता गुरुङ्ग उमेरले अहिले २१ भइन । उनका ३ परिवार छन, श्रीमान कामको सिलशिलामा बाहिर छन् । सिजनको समयमा उनि कमला लिएर प्राय जसो प्यूठान नगरपालिका ४ मित्रमणिचोकमा आउँछन् । अनि दैनिक जसो लगभग सबै सुन्तलाहरु बिक्रि गरेर साँझ घर फर्कन्छन् । तर कहिलेकाही भने सबैजसो कमला बिक्रि नहुँदा घर पनि फर्काएर लैजानु पर्ने बाध्यता हुन्छ । बिहान देखी साँझसम्मको कमाई कसोकसो १२/१५ सय हुन्छ । त्यही गर्दै उनि एक सिजनमा झन्डै ६०/६५ हजारको आम्दानी गर्दछिन । बसन्ता कमला बेच्न थालेको बल्ल २ बर्ष जति भयो ।

उनको बगैचामा सानाठूला गरेर झन्डै १ सय ५० कमलाका बोट छन् । सुन्तला जस्तो कमला धेरै बिक्रि नहुँने उनको अनुभव छ । त्यस्तै झिमरुक गाउँपालिका ५ चुधाराका इन्दिरा गुरुङ्ग पनि त्यस्तै व्यवसाय गर्दै आएकी छन् । उमेरले ३५ बर्ष पुगेकी इन्दिराले भने सुन्तला बेच्दा दैनिक सबै बिक्रि भए ७/८ हजार सम्म कमाइ हुने बताइन् । उनी ७/८ बर्षदेखी मित्रमणि चोकमा बिक्रि गर्दै आइरहेको सुनाइन । एक सिजनको समयमा उनि दुई लाख ५० हजार देखी तीन लाख सम्म कमाइ गर्दछिन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...