News Portal

रेडियो सुन्नुहोस्

पहिलो दिन झन्डै पाँच सयले दिए नाम दर्ता

बिबश घर्ति मगर ०९ पौष ०७९
८२१ पटक
०९ पौष ०७९

झिमरुक गाउँपालिका प्यूठानले आजदेखी भोलिसम्म दुुई दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देहीको आयोजना तथा झिमरुक गाउँपालिकाको सहयोग तथा समन्वयमा पौष ९ देखी १० गतेसम्म गौमुखी क्याम्पस मच्छिमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको हो । गाउँपालिकाले शिविरमा नाक, कान,घाटी विशेषज्ञ सेवा, स्त्री रोग सम्बन्धि सेवा, छाला रोग सम्बन्धि सेवा, जनलर रोग (फिजिसियन) का साथै अन्य रोगहरुको पनि सेवा दिन लागेको हो ।

पहिलो दिन मै ४८६ जनाले सेवा लिन नाम दर्ता हुन् । जसमा महिला तथा स्त्री रोग भएका ६६,ल्याब ६८, नाक,कान,घाटी सम्बन्धि १३८,सामान्य उपचार १२९, छाला ८५, गरि ४८६ जनाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले दिए । ती मध्ये पाठेघर खसेका ६, तल्लो पेट दुख्ने ६० र सुगर भएका ६ रहेका छन् । साथै रोगिहरुको समस्या पहिचान गरेर आर्थिक रुपमा कमजोर भएकाहरुलाई पालिकाले सहयोग गर्ने बताएका हुन् ।

जिल्ला समन्वय समिती प्रमुख धरम बहादुर जि.सीले शिविरको उद्घाटन गर्दै गाउँपालिकाले गरेको यस्तो काम सर्हानिय भएको उल्लेख गरे । गाउँमै यस्तो सुविधा दिए स्थानीयले सहज रुपमा सेवा लिन पाउने भन्दै स्वास्थ्य जस्तो संवेदनशिल कामलाई अगाडी सारेका भन्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जि.सी ले धन्यवाद व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...