News Portal

रेडियो सुन्नुहोस्

गएराती प्यूठान अस्पतालमा जे देखियो

बोम बहादुर परियार१० पुष २०७९
१०७२ पटक
१० पुष २०७९

सनिबार राती ११ बजे प्यूठान अस्पतालमा एउटा डरलाग्दो सल्यक्रिया गरिएको छ । रोल्पाको खुंग्री स्थित घर भएकी २७ वर्षिय डाली घर्तीमगरलाई लगातार रक्तश्राव भयो । सात महिनाको बच्चा उनको पेटमा थियो । भिडियो एक्सरेको रिपोर्ट अनुसार पेटमा बच्चा तेर्सो परेको थियो । रगत भने रोकिदै रोकिएको थिएन । उनको यस अघि पनि सल्यक्रिया गरिएको थियो । पाठेघरको अगाडि साल आएर बसेको थियो ।

-Previous cs with placenta previa with severe haemorrage with transverse lie with hypovolumic shock

त्यसैले उनको सल्यक्रिया निकै चुनौतीपूर्ण थियो । सनिबार राती प्यूठान अस्पतालमा उनको चेक जाँच भयो । डालीको त्यो अबस्था देखेर नर्सिङ कर्मचारी समेत आत्तिन थाले । रगत बगिरहेको छ ।

उनको शरिरमा हेमोग्लोबिन को मात्रा समेत घट्दै गएको थियो । नर्सीङ कर्मचारिले चिकित्सकलाई खबर गरे । बिरामिको अबस्था बुझेर रगत सहयोगको लागि चिकित्सकले मलाई सम्पर्क गरे । म आत्तिदै अस्पतालमा पुगे । त्यहाँ मेरो रगतको पनि उत्तिकै आवश्यक थियो । एम डी जी पी चिकित्सक सहितको टिमले बिरामिलाई हेर्दै थिए । चिकित्सकहरु आत्तिन थाले । चिकित्सकहरु बिरामीलाई बाहिर रिफर गर्ने सल्लाह गर्दै थिए । तर, बाटोमै केही पो हुने होकि भन्ने ठूलो डर थियो । केही बेरपछि प्यूठान अस्पतालका एम डी जी पी सन्तोस केसिले आफ्नो टोली संग सल्लाह गरेर निर्णय लिए । सकिन्छ आमा र बच्चा, अथवा आमालाई भएपनी बचाउने । उनको यो निर्णय निकै चूनौतीपूुर्ण थियो । उनीसंग बलियो टिम भएकाले उनले यो आट गरे । बालरोग बिशेषज्ञ सौरभ श्रेष्ठ , चिकित्सक पारुल खड्का , रतन सुवेदी सहित नर्सिङ  कर्मचारीहरु रमिला राई, नारायणी पाण्डे र सन्ध्या रिजालको टोली सक्रिय थियो । अस्पतालमा बि पोजिटिभ समुहको रगत संकलन गर्न लगाईयो ।

अस्पतालका आवश्यक जनशक्ति प्रयोग गरि डालीको शल्यक्रिया गर्ने निर्णय गरियो । शल्यक्रिया कक्षमा कार्यालय सहयोगिहरु सोनिया बिस्ट र सरिता सुनारले सामान तयार पार्दै थिए । बिरामिलाई शल्यक्रिया कक्षको बेडमा राखिएको थियो । एनेस्थेसिया सहायक मधु सुनारले बिरामिलाई व्यहोस बनाएर बिरामिलाई भुलाउन लागे । डाक्टर पारुल खड्काले पेट चिर्ने भागमा बेटाडिनले सफा गर्न लागिन । केहिबेरपछि डाक्टर सन्तोस केसिले पेटलाई चिर्न सरु गरे । जब पाठेघर चिर्न सुरु गरियो रगतको खोलो बग्न थाल्यो । लामो प्रयास पछि पाठेघरबाट बच्चालाई जिबित निकालियो । त्यसपछी बच्चालाई बालरोग बिशेषज्ञ डाक्टर सौरभ श्रेष्ठको जिम्मा लगाईयो । आमालाई भने निकै गाह्रो भैसकेको थियो । मुखमा अक्सिजन जोडिएको थियो । नबजात शिशुकी आमा जीवन र मरणको दोसादमा पुगिसकेकी थिईन । बिरामिका खुट्टा तनक्क तन्किन थाल्यो । मैले एकोहोरो बिरामिको आखामा हेरिरहेको थिए । आफैले आफैलाई थाम्न सकिरहेको थिएन । बिरामिका आँखा पनि सेता सेता हुँदै गए । भित्तामा टासिएको मोनिटर मा हेर्दा उनको प्रेसर रक्तचाप सबै घट्दै गएको देखिन्थ्यो । चिकित्सकहरु झन आत्तिन थाले । तर आफ्नो काम छोडेका थिएनन् ।

सङित पनि डाक्टरको साथी हँुदोरहेछ छेउमा सानो मन्द आवाजमा नेपाली गित बजिरहेको थियो । बिरामिलाई रगतको आवश्यक पर्न थाल्यो म दौडिदै ब्लड बैंकमा पुगेर आफ्नो रगत निकाल्न लगाई केहि बेरमै मेरो ताजा रगत लिएर शल्यक्रिया कक्षमा पुगे । रगत बिरामिलाई दिईयो । लगातार ४ पिन रगत दिएपछी नबजात शिशु की आमाको अनुहारमा केही सकारात्मक लक्षण देखियो । शल्यक्रिमा संलंलग्न चिकित्सकहरुले ताली बजाए । आमा र बच्चालाई बचाउन सफल भैयो भन्दै खुसी भए ।
केहि क्षणमै नबजात शिशुकी आमा बच्चालाई हेरेर मुसुक्क हासिन । त्यो हासोले सबैको मुहारलाई परिबर्तन गरिदियो । कोहि पेट सिलाउदै थिए ,कोहि आमालाई भुलाउदै थिए त कोहि भने बच्चालाई भुलाउदै थिए । भुईभरी रगत चताछुल्ल थियो । चिकित्सकहरुका भित्री बस्त्र समेत रगतले भिजेका थिए । बाहिर बिरामिका आफन्तहरु रुदै चिकित्सकहरुसंग बिरामिलाई बचाईदिनुहुला भन्दै प्रार्थना गरिरहेका थिए । केहिबेर पछि नबजात शिशुलाई आफन्तलाई भेट्न दिइयो । उनीहरुले नबजात शिशुलाई काखमा च्यापेर चुम्बन गर्न थाले, उनीको जिज्ञासा आमाको श्वास्थ्य अबस्थाबारे थियो । नआत्तिनुस ठिक हुँदै छ सन्चो हुन्छ भनेपछि आफन्तहरु निकै खुसी भए । केहिबेर पछि सुत्केरिलाई शल्यक्रिया कक्षबाट बाहिर ल्याईयो । सायद चिसोले होला सुत्केरी आमा कामिरहेकी थिईन । हिटर लगाएर उनलाई न्यानो पारियो । उनको उपचार गर्दा गर्दै रातिको १२ बजिसकेको थियो ।

म पनि उनीहरुसंगै चिया पिउन बाहिर निस्किए । चिया पिउन नपाउदै नर्सिङ कर्मचारिको फोन आयो । “डाक्टर डाक्टर सुत्केरी आमालाई फेरि ब्लिडीङ हुन थालेको छ के गर्ने” ? पुन डाक्टरले भने “ सिस्टर गजहरु राखिदिनुस एकछिन पछि हेरौला” केहिबेर पछि उस्तै फोन आएपछि चिकित्सकहरु चियापिउन छाडेर दौडिदै बिरामिकहा पुगे । बिरामिको पाठेघरबाट फ्रेस रगत बगिरहेको थियो । साथमा रगत पनि चढाई राखिएको थियो । पटक पटक रोक्ने कोसिस गर्दा पनि मन्द गतिमा रगत बगिरहेको थियो । सुत्केरी आमालाई सेता रक्तकोषको अभाब रहेको र उक्त रगत चढाउनको लागि बुटवल पठाउने चिकित्सकहरुले निधो गरे । रातीको २ बजेतिर सुत्केरी आमा र बच्चालाई बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाईयो । अहिले बिरामिको रगत बग्न रोकिएको जानकारी छ । आमा र बच्चा सकुसल छन् । सायद बिरामिलाई प्यूठान अस्पतालमा ल्याउन १० मिनेट पनि ढिलो गरिन्थ्यो भने आमा र बच्चा दुबैको ज्यान जान सक्ने चिकित्सक सन्तोस केसिले बताए । बिन्ती छ भगवान यो नबजात शिशु र आमा लाई केही नहोस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...