News Portal

रेडियो सुन्नुहोस्

घिमिरे बन्धु कुल प्रतिष्ठानले होल्दे घिमिरे जेष्ठ नागरिकलाई सम्मान

बिबश घर्ति मगर१५ पुष २०७९
४९९ पटक
१५ पुष २०७९

घिमिरे बन्धु कुल प्रतिष्ठान होल्दे घिमिरे जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन सुरु गरेको छ । इश्वरी प्रसाद घिमिरेको नेतृत्वमा रहेको यो समुहले बिशेष गरि आफ्ना भाइबन्धुहरुको लगत संकलन गर्नको लागि यो कार्यलाई अगाडी बढाईएको समुहका सदस्य याम बहादुर घिमिरेले जानकारी दिए । दोस्रो चरणको यो अभियान अगामी दिनमा निरन्तर रुपमा अगाडी बढ्ने बताए । यसलाई भोलिका दिनमा संस्थागत तरिकाले अगाडी बढाउने र व्यवसायिक रुपमा पनि लैजाने भन्दै यसका लागि बिशेष भुमिका खेल्न समेत सदस्यहरुलाई आग्रह गरेका छन् । जेष्ठ नागरिकलाई सम्मान मात्र नभई पछिका पुस्तालाई यसको महत्व बुझाउन र नयाँ पुस्तालाई सहजताका लागि पनि नितान्त यो काम आवश्यक रहेको सदस्यहरुले बताएका छन् ।

आज प्यूठान नगरपालिका ४ टिकुरीका ८३ बर्षिय भोजराज घिमिरे, प्यूठान नगरपालिका ८ दम्तिका बर्ष ९३ का तुलसा घिमिरे र बर्ष ७९का जयन्ति देबी घिमिेरलाई सम्मान गरिएको छ । त्यस्तै भोलि फोप्ली र माण्डवी गाउँपालिका १ तिराममा यो कार्यक्रम रहने बताइएको छ । साथै यो संस्थाको लागि चाँडै नै समाज कल्याण परिसदमा सिफारिस गर्ने समेत बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...