News Portal

रेडियो सुन्नुहोस्

६५ जना जेष्ठ नागरिकलाई सम्मान

बिबश घर्ति मगर२० पुष २०७९
८४३ पटक
२० पुष २०७९

स्वर्गद्धारी नगरपालिका ५ सारीको आयोजना तथा स्वर्गद्धारी नगरपालिका महिला शाखा र आयुर्वेद शाखाको सहजिकरणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं ५ सारीमा भएको कार्यक्रममा ६५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष तथा सामाजिक बिकास समितिको संयोजक गिर बहादुर घर्ति मगरले जानकारी दिए । सामाजिक बिकास समितिको प्रस्ताव तथा स्वर्गद्वारी नगरपालिकाबाट पारित ४० हजार, वडा कार्यलयबाट ५० हजार र आर्युबेद शाखाबाट च्यावनप्रास वितरण गरिएको अध्यक्ष घर्तिले जानकारी दिए । थोरै लाई दिएपनि कम्तिमा हामीले बाडेको सामान ५ बर्ष भन्दा धेरै टिक्ने हुनुपर्छ, कमजोर मुल्यका धेरैलाई बाड्नु भन्दा थोरैलाई टिकाउ हुने खालको सामान दिनु उत्तम हुने भन्दै हाललाई थोरै व्यक्तिलाई दिइएको बताएका छन् ।

निर्वाचित चुनावी बर्ष पहिलो भएकाले यो बर्ष सबैलाई सम्मान गर्न नसकिएको अवस्थामा आगामी बर्ष असोज भित्रै बितरण गर्ने बताएका छन् ।
साथै उनले अग्रजहरुको आशिर्वाद संगै उहाँहरुको अनुभव र सुझावबाट नै राम्रो काम गर्ने प्रेरणा मिल्ने समेत बताएका छन् । अग्रजहरुलाई सेवा र सम्मान गर्दै यहाँ सम्म आएको हु अग्रज हरुको सेवा गर्न पाउँदा धेरै हर्सितभएको छु अध्यक्ष घर्तिले बताए । वडा स्तरीय जेष्ठ नागरिक सञ्जाल स्वर्गद्धारी नगरपालिका ५ सारीका अध्यक्ष जिवलाल बुढाथोकीको अध्यक्षतामा सुरुभएको कार्यक्रमाको प्रमुख अतिथी ५ नं वडा अध्यक्ष गिर बहादर घर्ति मगर तथा कार्यक्रम सञ्चालन महिला शाखा प्रमुख निमा डागिले गरेका हुन् । कार्यक्रममा विभिन्न राजनितीक दलको प्रतिनिधि ले मन्तव्य राख्का थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...