News Portal

रेडियो सुन्नुहोस्

६५ जना जेष्ठ नागरिकलाई सम्मान

बिबश घर्ति मगर२० पुष २०७९
५६५ पटक
२० पुष २०७९

स्वर्गद्धारी नगरपालिका ५ सारीको आयोजना तथा स्वर्गद्धारी नगरपालिका महिला शाखा र आयुर्वेद शाखाको सहजिकरणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं ५ सारीमा भएको कार्यक्रममा ६५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष तथा सामाजिक बिकास समितिको संयोजक गिर बहादुर घर्ति मगरले जानकारी दिए । सामाजिक बिकास समितिको प्रस्ताव तथा स्वर्गद्वारी नगरपालिकाबाट पारित ४० हजार, वडा कार्यलयबाट ५० हजार र आर्युबेद शाखाबाट च्यावनप्रास वितरण गरिएको अध्यक्ष घर्तिले जानकारी दिए । थोरै लाई दिएपनि कम्तिमा हामीले बाडेको सामान ५ बर्ष भन्दा धेरै टिक्ने हुनुपर्छ, कमजोर मुल्यका धेरैलाई बाड्नु भन्दा थोरैलाई टिकाउ हुने खालको सामान दिनु उत्तम हुने भन्दै हाललाई थोरै व्यक्तिलाई दिइएको बताएका छन् ।

निर्वाचित चुनावी बर्ष पहिलो भएकाले यो बर्ष सबैलाई सम्मान गर्न नसकिएको अवस्थामा आगामी बर्ष असोज भित्रै बितरण गर्ने बताएका छन् ।
साथै उनले अग्रजहरुको आशिर्वाद संगै उहाँहरुको अनुभव र सुझावबाट नै राम्रो काम गर्ने प्रेरणा मिल्ने समेत बताएका छन् । अग्रजहरुलाई सेवा र सम्मान गर्दै यहाँ सम्म आएको हु अग्रज हरुको सेवा गर्न पाउँदा धेरै हर्सितभएको छु अध्यक्ष घर्तिले बताए । वडा स्तरीय जेष्ठ नागरिक सञ्जाल स्वर्गद्धारी नगरपालिका ५ सारीका अध्यक्ष जिवलाल बुढाथोकीको अध्यक्षतामा सुरुभएको कार्यक्रमाको प्रमुख अतिथी ५ नं वडा अध्यक्ष गिर बहादर घर्ति मगर तथा कार्यक्रम सञ्चालन महिला शाखा प्रमुख निमा डागिले गरेका हुन् । कार्यक्रममा विभिन्न राजनितीक दलको प्रतिनिधि ले मन्तव्य राख्का थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...