News Portal

रेडियो सुन्नुहोस्

संगीतमय पि.टी कार्यक्रम स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा सुरु

बिबश घर्ति मगर२३ पुष २०७९
९५८ पटक
२३ पुष २०७९

लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य हरिस वलिले त्रिदिवशीय संगितमय पि.टी कार्यक्रमले बिद्यालयको सबै क्षेत्रको सुधारमा सहयोग पुग्ने बताएका छन् । स्वर्गद्धारी नगरपालिकाले आयोजना गरेको विद्यालय खेलकुद शिक्षक तथा बिद्यार्थीहरुका लागि त्रिदिवशीय संगितमय पि.टी कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, तपाईहरु पनि यो तालिम पश्चात म जस्तै प्रशिक्षक बन्न सक्नुहुने छ । उनी नेपाल कै नमुना कालिका मा.वि बुटवलका शिक्षक समेत हुन् ।

यो कार्यक्रमले बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै शिक्षक र बिद्यार्थी लाई अनुशासित बनाउनमा सहयोग पुग्ने सामाजिक बिकास समितिका संयोजक एवं वडा नं ५ सारी का अध्यक्ष गिर बहादुर घर्ती मगरले बताए । संगितको माध्यमबाट पिटि गरि प्राथना गराउदा बिद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउने र दिमागलाइ स्वस्थ्य बनाई तन्दुरुस्त राख्न मद्दत पुग्ने अध्यक्ष घर्तिले बताएका छन् ।


सामाजिक बिकास समितिको प्रश्तावमा नगरसभा बाट स्वीकृत भई स्वर्गद्वारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा स्वर्गद्वारी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय मा.वि र आधारभूत तह तथा निजि संस्थागत बिद्यालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुलाई तीन दिने संगीतमय पि.टी कार्यक्रम आज स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा उद्घाटन भएको छ । यो कार्यक्रम आउँदो सोमबार २५ गते सम्म हुने छ ।

कार्यक्रमको अध्यक्षता शिक्षा शाखा प्रमुख प्रेम जिसि को अध्यक्षता, सामाजिक बिकास समितिका संयोजक एवं वडा नं ५ सारी का अध्यक्ष गिर बहादुर घर्ती मगरको प्रमुख आतिथ्यता र स्वागत मन्तव्य नगर शिक्षा समितिका सदस्य वसन्त खड्काले गरेका थिए । कार्यक्रम संचालन ओविराम भण्डारीले गरेका हुन् भने प्रमुख प्रशिक्षक लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य हरिस वलि रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...