News Portal

रेडियो सुन्नुहोस्

तीन लाख ५० हजारको अक्षयकोष

बिबश घर्ति मगर२४ पुस २०७९
१०९५ पटक
२४ पुस २०७९

प्यूठानको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यामिक विद्यालय रातामाटामा कुलप्रसाद÷ पार्वता भण्डारी स्मृति प्रतिष्ठान पुरस्कार अक्षयकोष स्थापना भएको १२ बर्ष भएको छ । प्यूठान नगरपालिका ४ टारीमा जन्मनु भएका प्रोफेसर डा. भेषराज भण्डारीले २०६७ साल देखी आफ्नो बुवा–आमाको सम्झनामा अक्षयकोष स्थापना गरेका थिए ।यो अक्षयकोषबाट विद्यालयमा जेहेन्दार विद्यार्थीलाइ पुरस्कार प्रदान गरिदै आइएको छ ।
हाल अष्ट्रेलियामा बस्दै आएका भण्डारीले आफूले अध्यान गरेको विद्यालयमा अक्षयकोष बनाएका हुन् । विगतका दिनमा ११ र १२ मा प्रथम हुने छात्र तथा छात्रा बिद्यार्थीहरुलाई १० हजार पुरस्कार दिदै आइएको थियो । सुरुमा २ लाख ५० हजारको अक्षयकोष सञ्चालन गरेका भण्डारीले पुनःएक लाख रुपैया थप गरि तीन लाख ५० हजारको अक्षयकोष बनाएका छन् । यो सगै पुरस्कारको राशी पनि बढ्ने छ । अक्षयकोष स्थापना गरेको भन्दै मुक्ति मा.वि रातामाटाले उनलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

रातामाटा विद्यालयमा यस्ता धेरै पुरस्कारहरु अक्षयकोष मार्फत सञ्चालनमा रहेका छन् । आफूलाई उज्यालो भविष्य देखाउने विद्यालयको सम्झनामा हाल विभिन्न पेशा व्यवसाय सञ्चालन गरेकाहरुले विद्यालयको गरेको योगदानको सम्मान गर्दै विद्यालयका विभिन्न नाममा अक्षयकोष स्थापा गरेका छन् । यस्ता खालको सामाजिक अभियानको सीको जिल्लाको सबै क्षेत्रमा गर्न सक्ने हो भने हाम्रा दूर दराजका विद्यालयहरुको पनि केहि प्रगति हुनसक्थ्यो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...