News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी नगरपालिका भिङ्ग्रीमा जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि शिविर सम्पन्न

बिबश घर्ति मगर२८ पुष २०७९
९४६ पटक
२८ पुष २०७९

जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि छनोट शिविर विहिबार स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा सम्पन्न भएको छ । नगरपालिकाबाट विहिबार ३ जना बिरामीलाई सिफारिस गरिएको राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले जानकारी दिए । गौमुखि गाउँपालिकाबाट पहिले नै ४ जना सिफारिस गरिसकेको र स्वर्गद्धारी नगरपालिका बाट ३ जना गरि ७ जना छनोट गरिएको बताए ।

ओठ तथा तालुफाटेकाहरु आर्थिक रुपमा बिपन्न भएका र स्वास्थ्य संस्थाको पहुँच नपुगेका व्यक्तिहरुको सेवा पु¥याउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको बि.एण्ड.बि अस्पतालका डा.माधव बानियाले बताए । बि एन्ड्बी अस्पताल काठमाडौं र र्राष्ट्रिय अपाङ सेवा सङ प्युठानको आयोजनामा यी रोगिका बिरामीहरुको उपचार तथा परामर्स जिल्ला अस्पताल बिजुवारमा गरिने भएको हो । २०७९ पुष २६ गते गौमुखी गाउँपालिकाको पुँजा स्वास्थ्य चौकी, पुष २७ गते माण्डवी गाउँपालिका देविस्थान स्वास्थ्य चौकी, स्वर्गद्धारी नगरपालिका भिङ्ग्री स्वास्थ्य चौकी र २९ गते जिल्ला अस्पताल बिजुवा प्यूठानमा हुने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...