News Portal

रेडियो सुन्नुहोस्

मेलमिलापकर्ता र नगर स्तरीय महिला संजालका पदाधिकारीहरुको लागि एक दिने मनोसामाजिक परामर्श प्रशिक्षण कार्यक्रम विहिबार

बिबश घर्ति मगर०३ माघ२०७९
९०८ पटक
०३ माघ२०७९

न्यायिक समितिमा सुचिकृत मेलमिलापकर्ता र नगर स्तरीय महिला संजालका पदाधिकारीहरुको लागि एक दिने मनोसामाजिक परामर्श प्रशिक्षण कार्यक्रम मंगलबार भएको हो । सामान्य रुपमा नगरपालिकाले मेलमिलापका माध्यमबाट निशुल्क समस्याको समाधान गर्न सकिने, धेरै समस्याहरुको जानकारीको अभावमा अदालतसम्म पुग्ने र न्यायिक निरुपणका लागि ठूलो आर्थिक खर्च गर्ने देखिएकाले संविधानले दिएको स्थानीय तहको न्यायिक अधिकार कानुनी सचेतना तथा मनोसामाजिक परामर्श सम्बन्धमा आधारित रहेर सो कार्यक्रम गरिएको नगर उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिए । त्यस्तै नगर प्रमुख बिष्णु बहादुर योगीले न्यायिक निरुपणका लागि सरल र सहज गराउन आवश्यक लगानी गर्ने बताए ।


नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरभित्रका विभिन्न उमेर समुह तथा समुदायमा पर्ने मनोसामाजिक समस्याको पहिचान र निदान सम्बन्धमा छलफल भएको थियो । मनोसामाजिक बिज्ञ शान्ति पण्डितले प्रशिक्षित गर्नुभएको कार्यक्रममा कस्तो समस्याहरु मनोपरामर्श कर्ता कहाँ पुग्ने, स्वास्थ्य जाँच गरेर मात्र कस्तो समस्या हो भनी एकिन गर्न सकिने जस्ता विभिन्न बिषयमा छलफल भएको नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक बर्माले जानकारी दिए ।
नगरपालिका भित्र रहेका १० वटै वडाका ५० भन्दा बढि व्यक्तिहरु कार्यक्रममा सहभागि रहेका थिए । नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक देबेन्द्र बर्मा, नगरपालिका प्रमुख बिष्णु बहादुर योगिको प्रमुख आथित्यता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...