News Portal

रेडियो सुन्नुहोस्

मेलमिलापकर्ता र नगर स्तरीय महिला संजालका पदाधिकारीहरुको लागि एक दिने मनोसामाजिक परामर्श प्रशिक्षण कार्यक्रम विहिबार

बिबश घर्ति मगर०३ माघ२०७९
६८१ पटक
०३ माघ२०७९

न्यायिक समितिमा सुचिकृत मेलमिलापकर्ता र नगर स्तरीय महिला संजालका पदाधिकारीहरुको लागि एक दिने मनोसामाजिक परामर्श प्रशिक्षण कार्यक्रम मंगलबार भएको हो । सामान्य रुपमा नगरपालिकाले मेलमिलापका माध्यमबाट निशुल्क समस्याको समाधान गर्न सकिने, धेरै समस्याहरुको जानकारीको अभावमा अदालतसम्म पुग्ने र न्यायिक निरुपणका लागि ठूलो आर्थिक खर्च गर्ने देखिएकाले संविधानले दिएको स्थानीय तहको न्यायिक अधिकार कानुनी सचेतना तथा मनोसामाजिक परामर्श सम्बन्धमा आधारित रहेर सो कार्यक्रम गरिएको नगर उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिए । त्यस्तै नगर प्रमुख बिष्णु बहादुर योगीले न्यायिक निरुपणका लागि सरल र सहज गराउन आवश्यक लगानी गर्ने बताए ।


नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरभित्रका विभिन्न उमेर समुह तथा समुदायमा पर्ने मनोसामाजिक समस्याको पहिचान र निदान सम्बन्धमा छलफल भएको थियो । मनोसामाजिक बिज्ञ शान्ति पण्डितले प्रशिक्षित गर्नुभएको कार्यक्रममा कस्तो समस्याहरु मनोपरामर्श कर्ता कहाँ पुग्ने, स्वास्थ्य जाँच गरेर मात्र कस्तो समस्या हो भनी एकिन गर्न सकिने जस्ता विभिन्न बिषयमा छलफल भएको नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक बर्माले जानकारी दिए ।
नगरपालिका भित्र रहेका १० वटै वडाका ५० भन्दा बढि व्यक्तिहरु कार्यक्रममा सहभागि रहेका थिए । नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक देबेन्द्र बर्मा, नगरपालिका प्रमुख बिष्णु बहादुर योगिको प्रमुख आथित्यता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...