News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा सडक विस्तार कार्य सुरु

बिबश घर्ति मगर०४ पुष २०७९
७५७ पटक
०४ पुष २०७९

झिमरुक गाउँपालिका वडा नं. ६ अन्तर्गत मजुवा दहखोला देखी नेटा हुँदै मर्काबाङ गोयलछेडी सडकखण्ड अन्तर्गतको सडक बिस्तार कार्य बुधबार देखी सुरु भएको छ । साघुरो बाटो त्यसमाथि जोखिम पूर्ण भएकाले सो क्षेत्रमा बाटो फराकिलो बनाउन लागिएको झिमरुक गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिए । ०४ गते देखि सुरु भएको कार्य १० गतेसम्म बस हिड्नमा पूर्णरुपमा रोक लगाएको छ ।
जिप हिड्नको लागि भने शुक्रबार सम्म बाटो खुल्ने वडा अध्यक्ष पुनले बताए । मजुवा दहखोलादेखी नेटा हुँदै मर्काबाङ गोयलछेडी सडकखण्ड अन्तरगत करिब २०० मिटर को बाटोमा अहिले ग्याबिन जाली र होमपाइप नाली राख्ने काम भइरहको अध्यक्ष पुनले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...