News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा पेट्रोलको अभाव : मौलायो कालोबजारी !

झुलेनी नेटवर्क
९३६ पटक

जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको अभाव हुँदै गएको छ । पम्प सञ्चालकहरुले पेट्रोलियम पदार्थ नियमित रुपमा नल्याँदा जिल्लामा कालोबजारी मौलाउँदै गएको छ ।

खोका पसलमा पेट्रोल नियमित पाइने भएपनि पम्पमा भने नपाइने गरेको उपभोक्ताहरुको गुनासो छ । पम्पमा केहिँ मात्रामा डिजेल राख्ने गरेपनि पम्प सञ्चालकहरुले पेट्रोल राख्ने गरेका छैनन् ।

पम्पमा पेट्रोल नहुँदा उपभोक्ताहरुले महँगोमा पेट्रोलियम पदार्थ प्रयोग गर्न बाध्य भएका हुन् । आयल निगमले तय गरेको दरभन्दा बाहिरबाट पेट्रोल किन्दा २ सय १० रुपैयाँदेखि २ सय ५० रुपैयाँ सम्ममा पेट्रोल खरिद गरी प्रयोग गर्नुपर्ने उपभोक्ताहरु बताउँछन् ।

केही दिनयता जिल्लाका धरैजसो पम्पहरुमा पेट्रोलको अभाव भएको सामाजिक सञ्जालमा बिरोध गरिदै आएपनि सम्बन्धित निकायले नियमित रुपमा पम्प सञ्चालनमा चासो नदिएको उनिहरुको गुनासो छ ।

एक÷दुई हप्ता व्यवसायिक समस्याका कारण पेट्रोल राख्न नसक्ने भएपनि महिनौ सम्म पेट्रोलियम पदार्थ नल्याउँदा उपभोक्ताहरुलाई मार परेको हो । पेट्रोलको भाउँ घट्छ की भन्ने आसमा पेट्रोल आयात केही दिनका लागि नल्याइएको झिमरुक पेट्रोल पम्पका संचालक जुमान सिंह जिसीले बताए ।

जिल्लाको पुण्यखोला क्षेत्रमा २ वटा पेट्रोल पम्प स्थापना भएपनि सेवाग्रहिलाई नियमित रुपमा पेट्रोल पु¥याउन सकेका छैनन् । जिल्लाको माण्डवि गाउँपालिकाका पेट्रोल पम्पमा भने केहि दिन अभाव हुने भएपनि महिनौ सम्म अभाव नहुने उपभोक्ताहरुको भनाइ छ ।

पम्पमा पेट्रोल नभएको गुनासो आइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले वास्तविक समस्याबारे अनुगमन गरेर जानकारी दिने बताइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...