News Portal

रेडियो सुन्नुहोस्

तालिममा सिकेको सीपलाई अर्थपूर्ण बनाउन आवश्यक छ ः नगरप्रमुख योगी

बिबश घर्ति मगर०६ माघ २०७९
८४७ पटक
०६ माघ २०७९

प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले तालिमलाइ तालिममा मात्र सिमित नबनाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । प्युठान नगरपालिकाले आयोजना गरेको तीन दिने बाख्रापालन कृषक तालिमको समापन कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । साथै उनले कृषकहरुलाई पुर्णरुपमा ब्यवसायिक तथा कृषिमा आत्मनिर्भर बन्ने उदेश्यका साथ ब्यवसाय गर्न आग्रह गरे । उनले नगरपालिकाले आगामी दिनमा पनि त्यस्ता खालका कार्यक्रमहरु संचालन गर्ने सहभागिहरु समक्ष प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

तालिमको प्रशिक्षकको रुपमा रहेका प्यूठान नगरपालिका पशु सेवा शाखा प्रमुख गिरिराज पौडेलले कृषकहरुले व्यवसायिक रुपमा बाख्रा पालेकाहरुलाई नगरपालिकाले अनुदानका कार्यक्रमहरु उपलब्ध गराउने बताए । व्यवसायिक तरिकाले बाख्रा पालन गर्न सक्ने र इच्छुक कृषकहरुको आवश्यकता र मागअनुसार कार्यक्रम संचालन गर्ने बताएका छन् । पशु सेवा शाखा प्रमुख पौडेल सहित पशु चिकित्सक शर्मिला शर्मा, माधवा रिजाल लगायतका टोलिले कार्यक्रममा प्रशिक्षक दिएका थिए ।


प्यूठान नगरपालिकाका आर्थिक विकास समिति संयोजक, तथा नगर प्रवक्ता समेत रहेका ३ नं वडा अध्यक्ष सुमनराज श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्दै तालिमको बारे जानकारी गराएका हुन् । उनले सहभागिहरुलाई आफुले सिकेका सिपको सही सदुपयोग गर्न आग्रह गरेका छन् । साथै उनले सीपलाई व्यवसायिमा परिणत गर्नुपर्ने भन्दै त्यसबाट आर्थिक लाभ लिइ मासुमा आत्मनिर्भर हुन पनि आग्रह गरे ।

नगरपालिका भित्र रहेका १० वटै वडाबाट प्रतिनिधित्व गर्ने गरि २५ जना कृषकहरुको तालिममा सहभागि रहेको थियो । कृषकको लागि यो कार्यक्रम निकै प्रभावककारी रहेको भन्दै सहभागिहरुले खुसी व्यक्त गरेका थिए । साथै उनिहरुले किसानहरुको प्रोत्साहनको लागि अनुदान आवश्यक भएको भन्दै कृषकहरुका लागि सर्वसुलभ ऋण सहज रुपमा व्यवस्था गर्न अनुरोध समेत गरेका छन् । माघ ४ गतेदेखी सुरु भएको बाख्रापालन कृषक तालिम शुक्रबार सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...