News Portal

रेडियो सुन्नुहोस्

बतासेडाडा, सेपुङ हुँदै ओखरबोट मोटरबाटो स्तरउन्नतिको कार्य सुरु

बिबश घर्ति मगर०७ माघ २०७९
८३९ पटक
०७ माघ २०७९

बतासेडाडा, सेपुङ हुँदै ओखरबोट मोटरबाटो स्तरउन्नतिको कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार अर्थ तथा सहकारी मन्त्रालयद्रारा बिनियोजित रकम १८ लाखमा सडकलाई थप ब्यबस्थित र फराकिलो गराउदै जनतालाइ सहज यात्राको डेलिभरी गराउन मोटरबाटो स्तरउन्नती गर्न लागिएको ३ नं वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिऐ । त्यस सडकमा करिब ३ महिना पहिले देखि बस संचालनमा आएको थियो । सोही अवसरमा नियमीत सार्बजनिक बस सेवालाई सडकको स्तरउन्नतिबाट अब थप सहज र प्रभाबकारी पुग्ने बताइएको छ । गत भदौ असोजमा यो बजेट आएपनि बर्षाको समय भन्दै अहिले यो काम सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए । बर्षाको समयमा हिलाम्य र काम गर्न असजिलो हुने भएको कारण हिउँदको समयमा सारिएको उनको भनाई छ । बतासेडाडा, सेपुङ हुँदै ओखरबोट मोटरबाटोको लम्बाई १४ किलोमिटर भए पनि हाल १० किलोमिटर मा स्तरउन्नती भइरहेको छ । सो काम यो आर्थिक बर्षको मसान्तासम्ममा पुरा गर्नुपर्ने भए पनि उपभोक्ता समिति मार्फत भएका कारण बैशाख सम्ममा काम सक्न उपभोक्तालाई आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...