News Portal

रेडियो सुन्नुहोस्

सुरक्षा चुनौती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

बिबश जि एम११ माघ २०७९
७८७ पटक
११ माघ २०७९

नौबहिनी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय वहानेको आयोजनामा सुरक्षा चुनौती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार भएको हो। जिल्लाको विभिन्न स्थानमा भइरहेका चोरीका घटनाहरुको स्थितिलाई हेर्दै ती चोरी गर्ने व्यक्तिहरु तपाई हाम्रो गाउँ ठाउँसम्म पनि आउन सक्ने भन्दै त्यसलाई कसरी तत्कालको लागि रोकथाम तथा न्यूनिकरण गर्न सकिन्छ, भन्ने बिषयमा अन्तरक्रिया भएको थियो । चोरीका घटनाले गर्दा स्थानीय जनता आतंकित भएको महसुस गर्दै सो कार्र्यक्रम गरिएको इलाका प्रहरी कार्यालय वहानेका कार्यालय प्रमुख भानुभक्त अर्यालले जानकारी दिए । कार्यक्रममा होटेल व्यवसायि संघले अवदेखी राती ९ बजे पछि होटेल तथा पसलहरु नखुल्ने बताएका छन् ।

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमले गाउँ भन्दा बाहिरबाट व्यापारीको भेषमा आउने व्यक्तिहरुलाई विशेष निगरानी गर्ने छलफल भएको हो । उपस्थित स्थानीयले हामी आफैमा सर्तकता हुन आवश्यक रहेको भन्दै यो कार्यलाई कार्यन्वयन गर्न सबैको दायित्व भित्र परेको बताउदै होटेल तथा पसाल समयमा खुल्ला गर्ने र बन्द गर्ने निर्णय गरेका हुन् । साथै उनिहरुले यो समयमा अनिवार्य रुपमा गोष्ठी बढाउन आवश्यक रहेको र त्यसमा सकेको सहयोग स्थानीबाट हुने समेत बताएका छन् । कार्यक्रममा होटेल व्यवसायि संघ, उद्योग बाणिज्य संघ, गाउँपालिकाका जनप्रतिनिधी, व्यापारी, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...