News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङ माध्यमिक बिद्यालयकोे ६३ औ बार्षिक उत्सब

बिबश जि एम१२ माघ २०७९
८६३ पटक
१२ माघ २०७९

लुप्लुङ माध्यमिक बिद्यालयले आफ्नो ६३ औ बार्षिक उत्सब सम्पन्न गरेको छ । वसन्त पञ्चमी एवं अभिभावक दिवसको अबसरमा गाउपालिका (बिद्यालय) स्तरिय वक्तित्व कला प्रतियोगिता सम्पन्न गर्दै आफ्नो ६३ औ बार्षिक उत्शव बिहिवार सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्वाह गर्दै गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले भौतिक व्यवस्थापन तथा शैक्षिक क्षेत्रको बिषयमा आवश्यक परेको समयमा गाउँपालिका तयार रहेको बताए । त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले विगतका दिनमा यस बिद्यालयले राम्रो शिक्षा दिदैै आएको भन्दै पछिका दिनमा पनि अझ व्यवस्थित गरेर जिम्मेवारी बहन गर्नुपर्ने बताए । विद्यालयका सहायक प्रधानाध्यापक कुमार भण्डारीले विद्यालयको लागि ४ कोठे भवन र क्याण्टिन आवश्यकता रहेको भन्दै गाउँपालिकामा माग समेत गरेका छन् ।
बार्षिक उत्सवको अवसरमा “रोजगार मुलक शिक्षा आजको आवश्यकता” भन्ने नाराका साथ मा.वि स्तरीय बत्तृत्वकला प्रतियोगिता कार्यक्रम समेत रहेको थियो । कार्यक्रममा ५ विद्यालय सहभागि रहेको सहायक प्रधानाध्यापक भण्डारीले जानकारी दिए । जसमा प्रथम ने.रा मा.वि डामृ, द्धितिय अम्बिका मा.वि फोप्ली र जनज्योति मा.वि लुङ्ग तृतिय भएको छ । बिजेतालाई नगद पुरस्कार दिएकोे छ । शिक्षक खेमराज भण्डारीको स्वागत मन्तव्य सहित विभिन्न वक्ताहरुले स्कुलको शैक्षिक गुणस्तर हुदैँ जावस भनि सफलता को सुभकामना व्यक्त गरेका थिए । कार्यक्रम को सहजिकरण सहायक प्राधानाध्यापक कुमार भण्डारीले गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...