News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङ माध्यमिक बिद्यालयकोे ६३ औ बार्षिक उत्सब

बिबश जि एम१२ माघ २०७९
६३१ पटक
१२ माघ २०७९

लुप्लुङ माध्यमिक बिद्यालयले आफ्नो ६३ औ बार्षिक उत्सब सम्पन्न गरेको छ । वसन्त पञ्चमी एवं अभिभावक दिवसको अबसरमा गाउपालिका (बिद्यालय) स्तरिय वक्तित्व कला प्रतियोगिता सम्पन्न गर्दै आफ्नो ६३ औ बार्षिक उत्शव बिहिवार सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्वाह गर्दै गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले भौतिक व्यवस्थापन तथा शैक्षिक क्षेत्रको बिषयमा आवश्यक परेको समयमा गाउँपालिका तयार रहेको बताए । त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले विगतका दिनमा यस बिद्यालयले राम्रो शिक्षा दिदैै आएको भन्दै पछिका दिनमा पनि अझ व्यवस्थित गरेर जिम्मेवारी बहन गर्नुपर्ने बताए । विद्यालयका सहायक प्रधानाध्यापक कुमार भण्डारीले विद्यालयको लागि ४ कोठे भवन र क्याण्टिन आवश्यकता रहेको भन्दै गाउँपालिकामा माग समेत गरेका छन् ।
बार्षिक उत्सवको अवसरमा “रोजगार मुलक शिक्षा आजको आवश्यकता” भन्ने नाराका साथ मा.वि स्तरीय बत्तृत्वकला प्रतियोगिता कार्यक्रम समेत रहेको थियो । कार्यक्रममा ५ विद्यालय सहभागि रहेको सहायक प्रधानाध्यापक भण्डारीले जानकारी दिए । जसमा प्रथम ने.रा मा.वि डामृ, द्धितिय अम्बिका मा.वि फोप्ली र जनज्योति मा.वि लुङ्ग तृतिय भएको छ । बिजेतालाई नगद पुरस्कार दिएकोे छ । शिक्षक खेमराज भण्डारीको स्वागत मन्तव्य सहित विभिन्न वक्ताहरुले स्कुलको शैक्षिक गुणस्तर हुदैँ जावस भनि सफलता को सुभकामना व्यक्त गरेका थिए । कार्यक्रम को सहजिकरण सहायक प्राधानाध्यापक कुमार भण्डारीले गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...