News Portal

रेडियो सुन्नुहोस्

७० औ विश्व कुष्ठरोग दिवस वाल विद्या माद्यामिक विद्यालय मरन्ठानामा मनाईयो, कुष्ठरोग के हो ?

झुलेनी पोष्ट१५ माघ २०७९
२९८ पटक
१५ माघ २०७९

७० औ विश्व कुष्ठरोग दिवस प्यूठानमा पनि मनाइएको छ । “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ” भन्ने मुल नाराका साथ वाल विद्या माद्यामिक विद्यालय मरन्ठाना मजुवामा दिवस कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्राध्यानाध्यापक केसु गिरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा, अतिथी विद्यालयकी शिक्षिका विमला घिमिरे रहनुभएको थियो । प्राध्यानाध्यापक केसु गिरीले कुष्ठरोग केहो ? यसका लक्षण, वच्ने उपाय तथा उपचारको वारेमा प्रष्ट पार्नुभएको थियो ।
कुष्ठरोग लाग्न नदिन समयमा नै सचेत हुनुपर्ने, रोग लागेका विरामीलाई सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्ने शिक्षक गिरीले बताए । कुष्ठरोगलाई निर्मुल पार्नका लागि समुदायस्तरमा सचेतनामुलक कार्यक्रम गर्ने र जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिन आग्रह गरेका छन् । कार्यक्रममा विद्यार्थी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रमेश गिरीले गरेका थिए ।


प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ५सय८१ जना कुष्ठरोगका विरामी रहेका छन् ।
यो पनि पढ्नुहोस् ।
कुष्ठरोग के हो ?
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यान्सनले कुष्ठरोग किटाणुको कारणले हुने रोग भनी पत्ता लगाएका हुन् ।
कुष्ठरोगका लक्षण
शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् । स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् । माथि उल्लिखित चिन्ह र लक्षणबाहेक अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका लक्षण हुन् । पछि गएर हातखुट्टाका औंला लाटो तथा कमजोर भई खुम्चिँदै गएर अन्त्यमा अंगभंग पनि हुन सक्छ ।
यस्ता लक्षण देखापरेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

कुष्ठरोगको एक मात्रा औषधीले ९९ प्रतिशत किटाणु निष्क्रिय पार्ने भएकाले औषधी सेवन गरिसकेका बिरामीबाट यो रोग अरूलाई सर्दैन । यस्ता विषयलाई समाजमा उजागर गर्नु तथा कुष्ठप्रभावित व्यक्तिलाई समाजमा आदर सम्मानका साथ स्थापित गराउनुपर्छ । कुष्ठरोगीलाई कुनै पनि प्रकारका भेदभाव गर्नु हुँदैन । उनीहरूको हकअधिकारको संरक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्नु यस दिवसको मूल उद्देश्य हो ।

कुष्ठरोग निवारण संघले विगत चार दसकदेखि स्वयं कुष्ठप्रभावित तथा असक्त, असहाय कुष्ठप्रभावितका करिब १२ सय सन्ततिलाई निःशुल्क शैक्षिक तथा व्यावसायिक तालिम कार्यक्रमको माध्ययमबाट आत्मनिर्भर बनाउन सफल भएको छ । प्रभावितका सन्ततिले स्वदेश तथा विदेशमा समेत रोजगारका अवसर प्राप्त गरी आफ्ना असक्त, अपांगता भएका बाबुआमाको हेरचाह र स्याहार–सुसारमा सहयोग पु¥याउँदै आइरहेका छन् । संघले विगतमा कुष्ठरोगका कारण समाजबाट अपहेलित तथा बहिष्कृत करिब तीन सय कुष्ठप्रभावितलाई आबासको व्यवस्था गरी पुनर्बास गराएको छ ।

कुष्ठरोग निवारण संघ २०२६ सालमा स्थापित निस्वार्थ भावनाका स्वयंसेवी संलग्न सामाजिक संस्था हो । संघले नेपालमा कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने अभियानमा नेपाल सरकारलाई साथ दिँदै पनि आइरहेको छ । वैदेशिक सहयोग रकम पूर्णरूपमा बन्द भएको सन्दर्भमा संस्थाले आफ्नो आन्तरिक स्रोत परिचालन गरी असक्त, असहाय, विपन्न कुष्ठप्रभावित तथा उनीहरूका बालबालिकाको निमित्त कल्याणकारी एवं शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यस्तो पवित्र उद्देश्यले क्रियाशील संस्थाप्रति सबैको सरोकार भएमा कुष्ठप्रभावितको सेवामा सहयोग पुग्नेछ ।

संघको मूल लक्ष्य र उद्देश्य भनेकै नेपालमा कुष्ठरोगको नियन्त्रण र न्यूनीकरण गर्ने सरकारको अभियानलाई सहयोग पु¥याउन आवश्यक योजना बनाई त्यसको कार्यान्वयन गर्ने–गराउने र असक्त, असहाय र विपन्न कुष्ठप्रभावितको कल्याणका निमित्त कार्यक्रम बनाई सहायता उपलब्ध गराउने रहेको छ । संघले यसै उद्देश्यअनुरूपका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

संघको धरान, पोखरा, नेपालगन्ज र धनगढी गरी चारवटा शाखाले पनि कुष्ठरोग नियन्त्रण, न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभाव अन्त्यको लागि विभिन्न क्याम्पस, स्कुलहरूमा प्रशिक्षण दिनुका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । त्यसैगरी प्रभावित जिल्लामा स्किन क्याम्पमार्फत कुष्ठरोगका बिरामीको पहिचान गरी उपचारमा सहजीकरण गर्दै आइरहेका छन् ।

तर रोग लुकाउने र रोग लागेका व्यक्तिका परिवार पनि रुढिवाढी चिन्तनको पछि लागेर घरमा कुष्ठरोग लागेको व्यक्ति भएको बताउन नचाहने परम्पराले यसको उन्मूलनमा वाधा उत्पन्न भएको छ । आधुनिक औषधोपचारले कुष्ठरोग निको हुने भए पनि समाजमा यो रोगप्रतिको नकारात्मक धारणा, अन्धविश्वास र भ्रम अन्त्य गर्नु र उनीहरूलाई समाजमै पुनस्र्थापना गराउनु आजको चुनौती हो । शैक्षिक कार्यक्रम तथा व्यावसायिक तालिमको माध्यमबाट कुष्ठप्रभावितको शारीरिक तथा आर्थिक उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ, साधन र स्रोतको पूर्णता हुन सकेमा । देशका कुना–कुनामा रहेका कुष्ठरोग लागेका व्यक्तिको पहिचान गरी उनीहरूको निःशुल्क उपचार र व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ ।

प्रतिकृया दिनुहोस्

बागलुङमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गयो

बस दुर्घटनामा परी एक पत्रकार सहित ९ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट काठमाडौंका...

समाचारको प्रभाव : श्याम बहादुरको उपचार हुँदै

मल्लरानी गाउँपालिका–३ मुन्डाडा खसिनीखर्क स्थित ३८ वर्षिय श्याम बहादुर वि.क वर्षौदेखि उपचारको अभावमा विस्तारामा थलिएर...

एमालेले संगठित सदस्यको परीक्षा लिदै

नेकपा (एमाले) का संगठित सदस्यले आज परीक्षा दिँदैछन । पार्टीले तय गरेको कार्यक्रम अनुसार प्यूठानका...

सांसद भईसकेपछि साझा सांसदको रुपमा छु : सांसद थापा

प्यूठानका संघिय सांसद सूर्य थापाले चुनाबको बेलामा आफु फरक पार्टीको भएपनि अहिले सांसद भईसकेपछि साझा...

प्यूठान अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण

लायन्स क्लब अफ भित्रिकोट प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेको छ । शनिबार...