News Portal

रेडियो सुन्नुहोस्

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

झुलेनी पोष्ट१६ माघ २०७९
८७१ पटक
१६ माघ २०७९

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ सहिद दिवसको अवसर पारेर प्यूठान नगरपािलका ४ गाजुरी स्थित शहिद स्मृतीपार्कमा जनप्रतिनिधी, बुद्धिजिवी, पत्रकार, स्थानीय लगाएतको उपस्थितीमा कविता वाचन एवम् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
समृद्धिका लागि परिवर्तन, परिवर्तनका लागि शुरुवात, शुरुवातका लागि म भन्ने मुल नाराका साथ दिवसका अवसरमा ५ जनाले रक्तदान गरेका छन् । त्यस्तै कार्यक्रममा ७ जनाले कविता वाचन गरेका थिए । सहभागीहरुले सहिदका सम्झनामा सर्मपित रहेर फरक फरक शिर्षकमा कविता वाचन गरेका थिए । अवका दिन देखी हरेक वर्ष सहिद दिवसका अवसरमा यस्ता खालका विभिन्न कार्यक्रमहरु गर्ने नागरिक सरोकार, समाज प्युठानका अध्यक्ष सुमन सुवेदीले जानकारी दिनुभयो ।
नागरिक अभियान प्यूठानको आयोजना तथा नागरिक सरोकार, समाज प्युठान, स्वयंसेवी रक्तदाता समाज प्युठान साखा,, शाहित्य परिषद् प्युठान, प्युठान उद्योग बाणिज्य संघ,,पत्रकार महासंघ जिल्ला शाखा प्युठान ,,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठान,, जिल्ला बचत तथा ऋण सहकारी संघ प्युठान,, भित्रिकोट सामुदायिक सिकाइ केन्द्र टारी प्युठान,, दाह्री ग्याङ प्युठान,,रक्तसञ्चार सेवाकेन्द्र प्युठान र लायन्स क्लब अफ प्युठानको संयूक्त सहकार्यमा दिवस कार्यक्रम सम्पन्न गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...