News Portal

रेडियो सुन्नुहोस्

शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण

बिबश जि एम१९ माघ २०७९
६७० पटक
१९ माघ २०७९

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा १२ जना शुस्त मनस्थितिका बालबालिका भए पनि कतिपय घरदेखी नै आउजाउ गर्ने भएका कारण होस्टेल बस्दै आइरहेका ५ जनालाई मात्र प्रतिव्यक्ति १ थानका दरले दिइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले बताए । यो शाखाले पुष २६ गते भुवनेश्वरी मा.वि खैरामा अध्ययनरत २१ जना सुस्त श्रवण भएका व्यक्ति र त्यहि दिन नै महेन्द्र नमुना मा.वि खलंगामा रहेका दृष्टिविहिन १४ जनालाई दिएको जानकारी दिए ।


शाखाले सक्ने सहयोगहरु सधै गर्दै आइरहेको र राहतका कार्य आगामी दिनमा पनि निरन्तर रहने सभापति पुलामीले बताए । मानविय समस्या देखी लिएर, हरेक खालका कार्यहरुमा निष्पक्ष तरिकाले गरिब दिनदुखीहरुलाई सहयोग गर्दै आइरहेको बताएका छन् । साथै शाखाको यहि माघ २७ गते अधिबेशन हुने समेत जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पनि सभापति पुलामीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...