News Portal

रेडियो सुन्नुहोस्

वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छः–अध्यक्ष रोसन

झुलेनी पोष्ट१९ माघ २०७९
९१५ पटक
१९ माघ २०७९

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गरेका छन् । माण्डवी गाउँपालिकाले वडा नंं.–१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको विहिबार समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष रोसनले यस्तो टिप्पणी गरे । यस्तै अध्यक्ष रोसनले विगत देखि नै सरकारको अनुदान र तालिम लिने तर काम गर्ने प्रवृत्ति हराउँदै गएको उल्लेख गर्दै समय मै जिम्मेवार बन्न सहभागिहरुलाई निर्देशन दिए । स्थानीय सरकार काम गर्नेलाई सहयोग गर्न सधै तल्लिन हुने उनको भनाई छ । साथै तालिम प्राप्त उद्यमीहरुलाई आगामी आर्थिक वर्षमा थप स्तरोन्नतिको तालिम प्रदान गरिने बताउँदै अध्यक्ष रोसनले उद्यमीले उत्पादन गरेका वस्तु÷सेवाको वजारीकरण समेत गाउँपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

परम्परागत विचारलाई त्यागी नयाँ कामको थालनी मार्फत तालिम प्राप्त सफल उद्यमीले आफ्नो र सिङ्गो समाजको आवश्यकता पूरा गरी आत्मनिर्भर बन्न सक्नु पर्ने अध्यक्ष रोसनको आसय थियो । कार्य वाहक वडा अध्यक्ष शुसिला घर्तीको अध्यक्षता रहेको कार्यक्रममा वडा सचिव चेतनाथ अधिकारी, प्राविधिक धन वहादुर घर्ती मगर लगाएतको आतिथ्यता रहेको थियो । १९ जना सहभागी रहेको तालिम माघ –१२ गते देखि सुरु भएको थियो । तालिमको सहजीकरण लघु उद्यम विकास सहजकर्ता टोप बहादुर खत्रीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...