News Portal

रेडियो सुन्नुहोस्

क्यान्सरवाट वच्न सन्तुलित आहारका १३ टिप्स

सिखबर संवाददाता
१३३५ पटक

काठमाडौं- विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ। जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ। खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान पुर्‍याउनुपर्छ। सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ।

१. वनस्पति स्रोतमा आधारित खाना– ताजा हरियो सागपात, फलफूल र गेडागुडी खाने।

२. मोटोपन घटाउन सन्तुलित खाना र शारीरिक क्रियाकलाप महत्वपूर्ण हुने हुँदा खाना र व्यायाममा ध्यान दिने।

३. व्यवसाय वा काम शाररिक परिश्रम गर्ने नभए कम्तिमा १ घण्टा दैनिक पैदल हिँड्ने र हप्तामा एक पटक थाक्ने खालको व्यायाम गर्ने।

४. दिनमा कमसेकम ४ सयदेखि ८ सय ग्राम वा सम्पूर्ण खानाको आधा वा आधाभन्दा बढी तरकारी र फलफूल नियमित खाने।

५. दिनमा कमसेकम ६ सयदेखि ८ सय ग्राम अन्न खाने र चिनी कम खाने।

६. मद्यपान स्वास्थ्यका लागि हानिकारक भएको हुनाले मद्यपान नगर्ने तर मद्यपान गर्नुपर्ने परिस्थिति भएमा पुरुषहरुले दैनिक अधिकतम दुई पेग र महिलाहरुले दैनिक एक पेगभन्दा बढी नखाने।

७. नियमित मासु खाने व्यक्तिले दैनिक ८० ग्रामभन्दा बढी नखाने र बोसो भएको मासु नखाने।

८. घ्यु बोसो धेरै मात्रामा उपभोग नगर्ने र चिल्लो पदार्थका लागि वनस्पति तेलको प्रयोग गर्ने।

९. सबै प्रकारका खानामा नुनको मात्रा कम गर्ने र नुन थपेर नखाने।

१०. लामो समयदेखि उचित भण्डार नगरेमा वा राम्ररी सुकाएर राखेमा ढुसी पर्ने सम्भावना रहने हुँदा ढुसी परेका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो खाना नखाने।

११. आगोमा डढाएको खानेकुरा जस्तो कि सेकुवा, पोलेको मासु, डढेको कुनै खाद्यपदार्थ आदि नखाने।

१२. खाना भण्डार गर्दा, बनाउँदा वा अन्य अवस्थामा प्रयोग गरिने रासायनिक पदार्थ, औषधी, रंगको जथाभावी प्रयोग नगर्ने र उचित तापक्रम र स्थानमा मात्र खाद्यपदार्थ भण्डार गर्ने।

१३. सूर्तीजन्य पदार्थको सेवनबाट कहिल्यै स्वस्थ जीवन प्राप्त हुन नसक्ने हुँदा यसबाट टाढा रहने।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...