News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको शिक्षा, सुगमका विद्यालयको नतिजा कमजोर

हरिप्रसाद भण्डारी२०८२ भदाै ०४ गते
९५९ पटक
२०८२ भदाै ०४ गते

दरबन्दी र भौतिक पूर्वाधारमा बलिया रहेका विद्यालयको नतिजा कमजोर देखिएको छ । जिल्लाका सुगम मानिएका क्षेत्रमा रहेका र शिक्षकको दरबन्दी रहेका विद्यालयहरुको नतिजा कमजोर हुँदा विद्यालयमा दरबन्दी नै नभएका विद्यालय राम्रो नतिजा ल्याउन सफल भएका हुन् ।

२०८१ सालको एसईई नतिजामा प्यूठान जिल्लामै उत्कृष्ट नतिजा झिमरुक गाउँपालिकाको सर्वोदय माध्यमिक विद्यालय गडेरपानीले ल्यायो । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा नि.मा.वि र मा.विमा स्थायी दरबन्दी नै छैन।

विद्यालयमा मा.विमा संघीय अनुदानबाट ३ र गाउँपालिका अनुदानबाट २ जना शिक्षक छन् । भने नि.मा.वि तहमा राहत २ जना र गाउँपालिका अनुदानमा १ जना शिक्षक कार्यरत रहेको प्रधानाध्यापक लाल बहादुर एम.सीले बताए । ‘स्थायी दरबन्दी त छैन, राहत र अनुदानमा कार्यरत शिक्षक पनि राम्रो अवसर आउने वित्तिकै छोड्नुहुन्छ’ प्रधानाध्यपक एम.सी ले भने, ‘शिक्षक टिकाउन पनि समस्या छ ।’ पूर्वाधार समेत पर्याप्त नरहेको उक्त विद्यालयले कक्षा १२ मा समेत पालिकामा पहिलो र जिल्लामा दोश्रो नतिजा ल्याएको छ ।

२०८० को एसइईमा जिल्लाभरको नतिजा कमजोर हुँदाहुदै झिमरुक गाउँपालिकाकै लक्ष्मी माा.वि बाङ्गेमरोठ पहिलो बन्यो। उक्त विद्यालयमा पनि मा.विमा स्थायी दरबन्दी छैन भने, नि.मा.विमा २ जना शिक्षकको दरबन्दी छ । मा.वि मा २ जना राहत र २ जना गाउँपालिका अनुदानबाट कार्यरत छन्। नि.मा.विमा २ जना राहत शिक्षक कार्यरत छन् । विद्यालयमा पर्याप्त पूर्वाधार नहुँदा प्लाईवोर्डले बारेर कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक कर्ण बहादुर जि.सी. ले बताए ।

२०७९ को एसइई मा जिल्ला प्रथम हुने प्रभात मा.वि आहालखोलाको अवस्था पनि उस्तै छ । नि.मा.वि र मा.विमा स्थायी दरबन्दी छैन । मा.वि मा संघीय अनुदानबाट ३ र गाउँपालिका अनुदानबाट २ शिक्षक कार्यरत छन् । नि.मा.विमा राहत अनुदानबाट २ र गाउँपालिका अनुदानबाट २ जना कार्यरत रहेके प्रधानाध्यापक खोड्सबहादुर केसी ले बताए ।

प्रधानााध्यापक केसी का अनुसार उक्त विद्यालय  २०७८, २०७५, २०७४, २०७२, २०७१, र २०७० मा जिल्लामा पहिले बनेको थियो । तर, आवश्यक जनशक्ति र पर्याप्त भौतिक पूर्वाधार नहुँदा फिनिसिङ्ग नभएको भवन प्रयोग गर्नुपरेको उनको भनाई छ ।जिल्लामा कक्षा ६–८ (नि‍‍.मा‍‍.वि) मा १ सय २४ जना शिक्षकको स्थायी दरबन्दी  छ । १ सय ६ जना राहत कोटामा शिक्षक कार्यरत छन् । त्यस्तै कक्षा ९–१० (माध्यमिक)म १ सय १८ जना शिक्षकको स्थायी दरबन्दी छ । ४७ जना शिक्षक राहत कोटामा कार्यरत छन् । कक्षा ११–१२ (साविक उच्च मावि)मा १३ जना शिक्षकको दरबन्दी छ भने २५ जना राहतमा कार्यरत छन् ।

अधिकाश दरबन्दी पुराना र सुगम क्षेत्रका मानिने विद्यालयमा छन् । तर, कमजोर पूर्वाधार र राहत, अनुदान तथा निजी श्रोतको भरमा चलिरहेका विद्यालयले राम्रो नतिजा दिदै आएका छन् । धेरै दरबन्दी , राम्रो श्रोत र पूर्वाधार भएका विद्यालयहरुमा शिक्षक सरुवादेखि अन्य कामसम्म राजनीति हाबी हुने गरेको अभिभावकहरु बताउँछन् ।

यि हुन जिल्लामा धेरै दरबन्दी भएका विद्यालयः

शिक्षा विकास तथा समन्वय ईकाइ प्यूठानको ‘शैक्षिक दर्पण–२०८०’को तथ्यांक अनुसार कक्षा ९–१०(माध्यमिक)मा प्यूठानमा सवैभन्दा धेरै मुक्ति मा .वि रातामाटा र जनता मा.वि वाग्दुलामा ७–७ जना शिक्षकको दरबन्दी छ । उमा महेश्वरी मा.वि सारी, अमर मा.वि भिंग्री,सरस्वती मा.वि बांगेशाल, गंगा मा.वि बाहाने, बालशिक्षा मा.वि ओखरकोट र जनता मा.वि विजुलीमा ६–६ जनाको दरबन्दी छ ।

त्यस्तै भुवनेश्वरी मा.वि खैरा, भानुभक्त मा.वि वर्वोट, महेन्द्र मा.वि खलंगा, गणेश मा.वि तिराम, सुन्नानी आधार मा.वि मर्कावाङ, माण्डवी मा.वि नयाँगाउ, बलभद्र मा.वि बाँदिकोट, गौमुखी मा.वि ठुलावेसी, धर्मोदय मा.वि जावुने, मोती मा.वि वरौला र महेन्द्र मा.वि सरङवेशीमा ५–५ जनाको दरबन्दी रहेको छ ।

जिल्लाभरमा १३ जना शिक्षकको मात्र दरबन्दी रहेको कक्षा ११–१२(साविक उ.मा.वि)मा मुक्ति मा.वि रातामाटामा ३ जना र जनता मा.वि वाग्दुला, भानुभक्त मा.वि बर्वोट, महेन्द्र मा.वि खलंगा, अमर मा.वि भिंग्री र बालशिक्षा मा.वि ओखरकोटमा २–२ जनाको दरबन्दी रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...