News Portal

रेडियो सुन्नुहोस्

सीप बिकास तालिम चैत २३ सम्म सञ्चालन हुने गरी गौमुखीमा सुरु

बिबश जि एम२५ माघ २०७९
११६३ पटक
२५ माघ २०७९

गौमुखी गाउँपालिकाको आयोजनामा सीप सिकौ, उद्यमी बनौ भन्ने नारा सहित गौमुखी गाउँपालिका १ र २ नं वडामा सीपमुलक तालिम सुरु भएको छ । आर्थिक बर्ष २०७८। ०७९ को कार्यक्रम अनुसार यो तालिम अगाडी सारिएको गाउँपालिकाले जनाएको छ । गा्रमिण भेगमा रहेका बेरोजगार यूवा, महिला तथा बैदेशिक रोजगार गुमाएर फर्किएका यूवाहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको उद्यम विकास सहजकर्ता गोमा पुन मगरले जानकारि दिए । सीपमा आत्मनिर्भर बनाई आयआर्जनमा बृद्धि बिकास गर्ने र स्वारोजगार बनाउने विशेष कार्यक्रमको लक्ष्य रहेको सहजकर्ता पुनले बताए ।


गौमुखी गाउँपालिकाको १ नं वडामा २३ गते सोमबार देखी सीलाई कटाई, मगर संस्कृतीको लागि लुङ्गी बुनाई, बुटिक तालिम र चाउमिन बनाउने गरि चार विधामा तालिमहरु सञ्चालन भएका छन् । सिलाई कटाईको लागि १४ जनालाई २ महिना, लुङ्गी बुनाईमा १७ जनालाई २ महिना, बुटिक तालिमको लागि ८ जनालाई एक महिना र चाउमिन बनाउने १ हप्ताको लागि ९ जना गरि त्यस वडामा ४८ जना रहेका छन् ।


त्यस्तै २ नं वडामा धाका सल बुन्ने, सिलाई कटाई र सुइटर बुन्ने गरि ३ तहमा कार्यक्रम सुरु भएको छ । त्यस वडामा सल बुन्ने तालिमको लागि २ महिना, सिलाई कटाईको लागि २ महिना र सुइटर बुन्ने तालिम १ महिना सम्म हुने भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...