News Portal

रेडियो सुन्नुहोस्

सीप बिकास तालिम चैत २३ सम्म सञ्चालन हुने गरी गौमुखीमा सुरु

बिबश जि एम२५ माघ २०७९
८९६ पटक
२५ माघ २०७९

गौमुखी गाउँपालिकाको आयोजनामा सीप सिकौ, उद्यमी बनौ भन्ने नारा सहित गौमुखी गाउँपालिका १ र २ नं वडामा सीपमुलक तालिम सुरु भएको छ । आर्थिक बर्ष २०७८। ०७९ को कार्यक्रम अनुसार यो तालिम अगाडी सारिएको गाउँपालिकाले जनाएको छ । गा्रमिण भेगमा रहेका बेरोजगार यूवा, महिला तथा बैदेशिक रोजगार गुमाएर फर्किएका यूवाहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको उद्यम विकास सहजकर्ता गोमा पुन मगरले जानकारि दिए । सीपमा आत्मनिर्भर बनाई आयआर्जनमा बृद्धि बिकास गर्ने र स्वारोजगार बनाउने विशेष कार्यक्रमको लक्ष्य रहेको सहजकर्ता पुनले बताए ।


गौमुखी गाउँपालिकाको १ नं वडामा २३ गते सोमबार देखी सीलाई कटाई, मगर संस्कृतीको लागि लुङ्गी बुनाई, बुटिक तालिम र चाउमिन बनाउने गरि चार विधामा तालिमहरु सञ्चालन भएका छन् । सिलाई कटाईको लागि १४ जनालाई २ महिना, लुङ्गी बुनाईमा १७ जनालाई २ महिना, बुटिक तालिमको लागि ८ जनालाई एक महिना र चाउमिन बनाउने १ हप्ताको लागि ९ जना गरि त्यस वडामा ४८ जना रहेका छन् ।


त्यस्तै २ नं वडामा धाका सल बुन्ने, सिलाई कटाई र सुइटर बुन्ने गरि ३ तहमा कार्यक्रम सुरु भएको छ । त्यस वडामा सल बुन्ने तालिमको लागि २ महिना, सिलाई कटाईको लागि २ महिना र सुइटर बुन्ने तालिम १ महिना सम्म हुने भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...