News Portal

रेडियो सुन्नुहोस्

झिमरुकले योजनाको अनुगमनलाई तिब्रता दियो

वासुदेव गिरी२५ माघ २०७९
५६६ पटक
२५ माघ २०७९

प्युठानको झिमरुक गाउँपालिकाले निर्माणाधीन आयोजनाको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । बुधबार झिमरुक गाउँपालिका वडा नं। ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको निर्माणको अवस्था बारे अनुगमन गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।
बहुवर्षिय योजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको इन्जिनियर अशोक जि. सी.ले बताए । ठेक्का प्रक्रिया मार्फत रविना जुगल इभिना जेभिले निर्माण कार्य सुरु गरेको छ ।


निर्माणाधीन चिस्यान केन्द्रको निर्माणको काम २०७९र०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता उल्लेख छ ।
चिस्यान केन्द्रको निर्माण सम्पन्न भएपछि स्थानीय कृषकहरुले आफुले उत्पादित बस्तुहरु लाई लामो समयसम्म टिकाइ राख्न सहयोग पुग्ने पालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालको भनाई छ । आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न र डिजाइन अनुसार काम गर्न सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। चिस्यान केन्द्रको अनुगमनको क्रममा नजिकै रहेको नागरिक आरोग्य सेवा केन्द्रको समेत निरीक्षण गरिएको थियो ।

त्यस्तै झिमरुक गाउँपालिका वडा नम्बर ६, ले आर्थिक वर्षको लागि स्वीकृत योजानाको कामलाई तिब्रता दिएको छ । आर्थिक वर्षको लागि नेरामाबी मर्काबाङ सरस्वती मन्दिर तथा बालमैत्री धारा निर्माण थालनी गरेको हो ।


वडाको २ लाख ५० हजार बजेटमा योजनाको काम उपभोक्ता समिती मार्फत माघ मसान्तसम्म सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । कामको लागत अनुमान अनुसर सम्पन्न गर्न प्राविधिक टोलीले अनुगमन गरेको छ ।
वडा नम्बर ६ को लागि चालू आर्थिक वर्षमा वडा र पालिकाबाट करिब ८० योजना तथा कार्यक्रम स्वीकृत भएर काम शुरु भएका वडा अध्यक्ष धन बहादुर पुनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...