News Portal

रेडियो सुन्नुहोस्

झिमरुकले योजनाको अनुगमनलाई तिब्रता दियो

वासुदेव गिरी२५ माघ २०७९
७७९ पटक
२५ माघ २०७९

प्युठानको झिमरुक गाउँपालिकाले निर्माणाधीन आयोजनाको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । बुधबार झिमरुक गाउँपालिका वडा नं। ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको निर्माणको अवस्था बारे अनुगमन गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।
बहुवर्षिय योजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको इन्जिनियर अशोक जि. सी.ले बताए । ठेक्का प्रक्रिया मार्फत रविना जुगल इभिना जेभिले निर्माण कार्य सुरु गरेको छ ।


निर्माणाधीन चिस्यान केन्द्रको निर्माणको काम २०७९र०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता उल्लेख छ ।
चिस्यान केन्द्रको निर्माण सम्पन्न भएपछि स्थानीय कृषकहरुले आफुले उत्पादित बस्तुहरु लाई लामो समयसम्म टिकाइ राख्न सहयोग पुग्ने पालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालको भनाई छ । आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न र डिजाइन अनुसार काम गर्न सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। चिस्यान केन्द्रको अनुगमनको क्रममा नजिकै रहेको नागरिक आरोग्य सेवा केन्द्रको समेत निरीक्षण गरिएको थियो ।

त्यस्तै झिमरुक गाउँपालिका वडा नम्बर ६, ले आर्थिक वर्षको लागि स्वीकृत योजानाको कामलाई तिब्रता दिएको छ । आर्थिक वर्षको लागि नेरामाबी मर्काबाङ सरस्वती मन्दिर तथा बालमैत्री धारा निर्माण थालनी गरेको हो ।


वडाको २ लाख ५० हजार बजेटमा योजनाको काम उपभोक्ता समिती मार्फत माघ मसान्तसम्म सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । कामको लागत अनुमान अनुसर सम्पन्न गर्न प्राविधिक टोलीले अनुगमन गरेको छ ।
वडा नम्बर ६ को लागि चालू आर्थिक वर्षमा वडा र पालिकाबाट करिब ८० योजना तथा कार्यक्रम स्वीकृत भएर काम शुरु भएका वडा अध्यक्ष धन बहादुर पुनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...