News Portal

रेडियो सुन्नुहोस्

बुबा थलापरे, आमाले छाडेरगइन, दुई बालिकाको विचल्ली

झुलेनी नेटवर्क२०७९, फागुन ७
८८९ पटक
२०७९, फागुन ७

बुबा ओछ्यान छोड्नै नसक्नेगरि लडेका छन् । आमाले छोडेर अर्कैसंग बिवाह गरिन । प्यूठान नगरपालिका ६ माझकोट खोलीगाउँका दुई बालिका विचल्लीमा छन् । ५ वर्षीय पवित्रा र ७ वर्षीय यलीसा घर्तीको बुबा लडेर बिरामी परेपछि विचल्ली भएको हो । आमा सीता थापाले छोरीहरुलाई छाडेर अर्कैसंग बिवाह गरेर गएको दुई वर्ष बढि भो । माझकोट खोलिगाउँका ३२ वर्षीय हस्तबहादुर घर्तीमगर ओछ्यानमै हलचल गर्न नसक्नेगरि पल्टिएपछि छोरीहरुको बिचल्ली भएको स्थानीय बताउँछन् ।

बालीकाहरु छिमेकीको घरमा बसेका छन् । स्थानीय विद्यालयमा कक्षा १ का अध्ययरत उनीहरु बुबा बिरामी परेपछि नियमित विद्यालय जान समेत पाएका छैनन् । हस्त बहादुरले दिसा,पिसाव ओछ्यानै गर्छन् । उनको स्याहार अलग भएका भाइले आफ्नो घरमा राखेर गर्दै आएका छन् । बिरामी परेपछि हस्त बाहादुरको घरमा ताल्चा लगाएको छ ।
गाउँमा ज्यालादारीमा काम गरेर दुई छाकको जोहो गर्ने घर्ती यही फागनु १ गते छिमेकीको घर निर्माण गर्नेक्रममा गाँरो लगाउँदै गर्दा लडेका थिए । त्यसपछि स्थानीय समाज सेवीहरुले केहि रकम चन्दा संकलन गरेर घर्तीलाई जिल्ला अस्पताल बिजुवार ल्याएको स्थानीय टिका बहादुर थापाले बताए । त्यहाँबाट रिफर गिरियो । बुटवलको लुम्बिनी सीटी अस्पतालमा पुराएका थिए । त्यहाँ चिकित्सकले पछाडीको मेरुडण्ड भाचिएको भनेका थिए ।

उपचार खर्चको रकम सकिएपछि घर फर्कन परेको हस्त बहादुरले बताए । ‘अरुको काम गरेर छोरीहरु पालेको थिय,’उनले भने,‘ आफू कहिले मर्ने हो भन्दै दिन गन्ने भइयो । छोरीहरुको भविष्य सम्झिएर निकै चिन्ता लाग्छ ।’ उनी लडेपछि घरमा आगो बलेको छैन् । ‘छोरीहरु एक्लै घरमा बस्न सक्ने अवस्थाका छैन,’ गहभरी आँसु

 

 

झार्दै उनले भने,‘छिमेकीले कति दिन पाल्देलान् ? ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...