News Portal

रेडियो सुन्नुहोस्

को बन्छ प्यूठान डान्स आइडल भोलि

बिबश जि.एम १२ फागुन २०७९
१७१६ पटक
१२ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्यूठान डान्स आइडल आज शुक्रबार टप ५ मा पुगेको छ ।

नौ वटै स्थानीय तहबाट लिएको अडिसनमा पाच सय भन्दा बढि सहभागि भएका थिए ।

जिल्लाको सबै स्थानीय तह मध्य बाट आज शुक्रबार आइडलले टप ५ प्रतियोगि पाएको हो ।

हिजो विहिबार भएको भोटिङको आधारमा आज शुक्रबार तीन जना प्रतियोगिलाई आउट गर्दै ५ जनालाई छनोटमा लिएको छ ।

मल्लरानी गाउँपालिकाकी एलिशा थापा मगर, रेजिना के.सी को समुह गौमुखी गाउँपालिका, अर्जुन भण्डारी प्यूठान नगरपालिका, विरा घर्ति मगर स्वर्गद्धारी नगरपालिका, सरस्वति घर्ति मगर नौबहिनी गाउँपालिका गरि ५ जना प्रतियोगि भोलिको लागि प्रतिस्पर्धामा जुट्ने भएका छन् ।

यो आइडल अडिसन भोलि नै समापन गर्ने आइडल व्यवस्थापन सदस्य बोम बहादुर परियारले जानकारि दिए । भोलि शनिबार दिउँसो २ बजेसम्म भोटिङ रहने बताइएको छ ।
आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन् ।

प्युठान डान्स आइडललाई टाइटल प्रायोजन लुम्बिनी सिटि अस्पताल बुटवलले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...