News Portal

रेडियो सुन्नुहोस्

को बन्छ प्यूठान डान्स आइडल भोलि

बिबश जि.एम १२ फागुन २०७९
१७३० पटक
१२ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्यूठान डान्स आइडल आज शुक्रबार टप ५ मा पुगेको छ ।

नौ वटै स्थानीय तहबाट लिएको अडिसनमा पाच सय भन्दा बढि सहभागि भएका थिए ।

जिल्लाको सबै स्थानीय तह मध्य बाट आज शुक्रबार आइडलले टप ५ प्रतियोगि पाएको हो ।

हिजो विहिबार भएको भोटिङको आधारमा आज शुक्रबार तीन जना प्रतियोगिलाई आउट गर्दै ५ जनालाई छनोटमा लिएको छ ।

मल्लरानी गाउँपालिकाकी एलिशा थापा मगर, रेजिना के.सी को समुह गौमुखी गाउँपालिका, अर्जुन भण्डारी प्यूठान नगरपालिका, विरा घर्ति मगर स्वर्गद्धारी नगरपालिका, सरस्वति घर्ति मगर नौबहिनी गाउँपालिका गरि ५ जना प्रतियोगि भोलिको लागि प्रतिस्पर्धामा जुट्ने भएका छन् ।

यो आइडल अडिसन भोलि नै समापन गर्ने आइडल व्यवस्थापन सदस्य बोम बहादुर परियारले जानकारि दिए । भोलि शनिबार दिउँसो २ बजेसम्म भोटिङ रहने बताइएको छ ।
आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन् ।

प्युठान डान्स आइडललाई टाइटल प्रायोजन लुम्बिनी सिटि अस्पताल बुटवलले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...