स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्यूठानका विद्यार्थी संगठनबिच तालमेल हुने भएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, नेवि संघ, अखिल (छैठौं), अखिल क्रान्तिकारी (विप्लब) बिच तालमेल गर्ने सहमति भएको हो ।
शुक्रबार जिल्लाका ४ विद्यार्थी संगठनले संयूक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै ४ विद्यार्थी संगठनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका छन् । निर्वाचनका लागि जिल्लाका विद्यार्थी संगठनहरुले (भोली) २७ गते उम्मेदवारी दर्ता गराउदै छन्् ।