News Portal

रेडियो सुन्नुहोस्

नेरा प्रा.वि भवनको शिलान्याश

२०७९फागुन२६ प्यूठान
७५२ पटक
२०७९फागुन२६ प्यूठान

माण्डवी गाउँपालिका वडा नं.१ तिराम थक्लेनीस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाल राष्ट्रिय प्राथामिक विद्यालय थक्लेनीमा बन्न लागेको चारकोठे भवनको शिलान्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत करिब ५० लाखको लागतमा भवन निमार्ण कार्य हुदैँछ ।
गाउँपालिकाले पहिलो चरणमा जनताका आधारभुत आवाश्यताका पक्षहरु शिक्षा, स्वास्थ्य लगाएतका विषयमा केन्द्रित रहेर काम गर्ने जनाएको छ । आउँदो असार सम्ममा भवन निमार्ण सम्पन्न गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, गाउँपालिका इन्जिनियर हेमराज बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...