News Portal

रेडियो सुन्नुहोस्

लघु बित्तिय संस्थाको बिरुद्धमा बिरोध प्रदर्शन : चरणवद्द आन्दोलनको तयारी

झुलेनी पोष्ट
७८२ पटक

प्यूठान जिल्लामा लघु बित्तिय संस्थाहरुको बिरुद्धमा बिरोध प्रदर्शन गरिएको छ । जिल्लाको मुख्य बजार प्यूठान न.पा.–८, बाग्दुलामा आइतवार दिउँसो बिरोध ¥याली सहित कोष सभाको आयोजना गरी लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्धमा कार्यक्रमको आयोजना गरिएको हो ।

लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिति प्यूठानको आयोजनामा ५ बुदे माग सहित बिरोध सभा गरेका हुन् । संघर्ष समितिले सरकारी निकाय गैर जिम्मेवार हुनु, लघुबित्तिय संस्थाहरुको खारेजी, सामुहकि ऋण मिनाहा, आम गरिव किसानहरुलाई निशुल्क ऋण लगायतका माग सहित संघर्ष समिति आन्दोलन गरिरहेका हुन् ।

लघुबित्तिय संस्थाहरुबाट ग्रामिण क्षेत्रका महिलाहरुलाइ ज्यादती भएको भन्दै बिरोध सभा गरिएको पिडितहरुले बताएका छन् । जिल्लामा यस्तो खाले दोस्रो पटक आयोजना गरिएको बताउँदै उनिहरुले क्रमश लघुबित्तिय संस्था, स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतका स्थानमा धर्ना कार्यक्रम समेत आयोजना गर्ने बताएका हुन् ।

जिल्लाका बिभिन्न स्थानीय तहबाट पिडित सहभागि महिलाहरुले बिरोध सभा गरेका हुन् । लघुबित्तिय संस्थाबाट आफुहरु पिडित भएको भन्दै आफ्नो माग पुरा नभएसमम आन्दोलन जारी राख्ने उनिहरुले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...