News Portal

रेडियो सुन्नुहोस्

लघु बित्तिय संस्थाको बिरुद्धमा बिरोध प्रदर्शन : चरणवद्द आन्दोलनको तयारी

झुलेनी पोष्ट
९३२ पटक

प्यूठान जिल्लामा लघु बित्तिय संस्थाहरुको बिरुद्धमा बिरोध प्रदर्शन गरिएको छ । जिल्लाको मुख्य बजार प्यूठान न.पा.–८, बाग्दुलामा आइतवार दिउँसो बिरोध ¥याली सहित कोष सभाको आयोजना गरी लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्धमा कार्यक्रमको आयोजना गरिएको हो ।

लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिति प्यूठानको आयोजनामा ५ बुदे माग सहित बिरोध सभा गरेका हुन् । संघर्ष समितिले सरकारी निकाय गैर जिम्मेवार हुनु, लघुबित्तिय संस्थाहरुको खारेजी, सामुहकि ऋण मिनाहा, आम गरिव किसानहरुलाई निशुल्क ऋण लगायतका माग सहित संघर्ष समिति आन्दोलन गरिरहेका हुन् ।

लघुबित्तिय संस्थाहरुबाट ग्रामिण क्षेत्रका महिलाहरुलाइ ज्यादती भएको भन्दै बिरोध सभा गरिएको पिडितहरुले बताएका छन् । जिल्लामा यस्तो खाले दोस्रो पटक आयोजना गरिएको बताउँदै उनिहरुले क्रमश लघुबित्तिय संस्था, स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतका स्थानमा धर्ना कार्यक्रम समेत आयोजना गर्ने बताएका हुन् ।

जिल्लाका बिभिन्न स्थानीय तहबाट पिडित सहभागि महिलाहरुले बिरोध सभा गरेका हुन् । लघुबित्तिय संस्थाबाट आफुहरु पिडित भएको भन्दै आफ्नो माग पुरा नभएसमम आन्दोलन जारी राख्ने उनिहरुले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...