News Portal

रेडियो सुन्नुहोस्

भालुबाङ–प्यूठान सडक कहिले होला डबललेन ? ४५ वर्षसम्म लगत कट्टा भएन

झुलेनी नेटवर्क२०७९ चैत्र २६
१७५ पटक
२०७९ चैत्र २६

प्यूठान—प्यूठान नगरपालिका–४,बिजुवार भौकाका सूर्यबहादुर भण्डारीको जग्गा २०३४ सालमा भालुबाङ–प्यूठान सडक खोल्नेक्रममा अधिग्रहण गरिएको थियो । उनले दिएको जग्गामा त्यसयता दुःखसुखका साथ सवारीसाधन गुडिरहेका छन् ।

सहायक राजमार्गकोरुपमा २०६५ मा यो सडक कालोपत्रे भयो । तर,अहिलेसम्म सडकको मालपोत भने भण्डारीले तिर्दै आएका छन् ।

उनी त एउटा उदाहरणीय पात्र मात्र हुन् । सरोकारवाला निकायले गम्भिर भएर काम नगनार्ले सडक क्षेत्रमा पर्ने सयौं जग्गाधनीले उनी जस्तै गाडीगुड्ने सडकको बर्षौदेखी कर तिर्न परिरहेको छ ।
भालुबाङ–प्यूठान सहायक राजमार्ग अन्तर्गतको बिजुवार क्षेत्रको सडक प्यूठान नगरपालिकाको प्रशासकीय भवन नजिकै पर्छ ।

तर, यो सडक क्षेत्रको समस्या समाधानमा नगरपालिकाले ध्यान पुर्‍याएको देखिदैन् ।

संबिधान जारी भएर दुई–दुई वटा निर्वाचित जनप्रतिनिधि नगरपालिकामा फेरिए ।

सडक लगतकट्टा गर्नमा पहल गरेनन् । स्थानीय प्रशासन, मालपोत,नापी, सडक डिभिजन कार्यालय प्यूठान भालुबा–प्यूठान सडक लगतकट्टा गर्ने कुरामा मौन छन् ।

सरकारी जग्गा भएपनि बर्सेनि मालपोत बुझाउदा यस क्षेत्रका स्थानीय हैरान छन् ।

एकातिर सडक क्षेत्रको जग्गा भनेर बैंक तथा बित्तिय संस्थाले मुल्यांकन गर्दैन ।

अर्कोतिर सडक क्षेत्रमा पर्ने मुल्यवान् जग्गा भनेर नगरपालिकाले चर्को मालपोत कर लिने गरेको छ ।

‘पटक–पटक लगतकट्टाका कुरा उठायौं,’ कुनै निकायले काम अगाडि बढाएनन्,’ प्यूठान नगरपालिका ४ टारीका जगतनाथ रिजालले भने ।’ सडकको दायाँबायाँ १५ मिटरका दरले सडक छुट्याउन नसक्दा सडक क्षेत्र वरीपरी घरजग्गा भएकाहरुले समस्या भोग्न परेको स्थानीयको गुनासो छ ।

 

‘लगतकट्टा नहुँदा स्थानीयले सडकको क्षेत्राधिकारभित्र पर्ने जग्गाको समेत दोहोरो मालपोत तिर्न परिरहेको छ,’स्थानीय शरेन्द्रराज अधिकारीले भने,‘यो समस्याको समाधान गर्न सरोकारवालाको ध्यान पुग्न सकेन ।’ सडकको लगतकट्टा नहुँदा सडक दायाँ–बायाँ अवैध रुपमा संरचनाहरु समेत बनेका छन् ।

यसले गर्दा सडक साँघुरो भएको छ । दुर्घटनाको जोखिम बढेको छ ।

जिल्लाको मुख्य व्यापारी केन्द्र बिजुवार बजार आसपास सडक क्षेत्रको जग्गामा अवैध रूपमा अस्थायी संरचना समेत निर्माण भइरहेका छन् ।

यसको कारण बजारको सौन्दर्य गुमेको छ । यो कुरामा समेत स्थानीय सरकारले ध्यान दिएको छैन् ।

सडक ऐन २०३१ अनुसार १५ मिटर दायाँ–बायाँ भौतिक संरचना बनाउन पाइँदैन । त्यो जग्गा सडकको क्षेत्राधिकार भित्र पर्छ ।

प्रतिकृया दिनुहोस्

नेपाल विद्यार्थी संघ प्युठानले नगरपालिकालाइ ज्ञापनपत्र बुझायो

नेपाल विद्यार्थी संघ प्युठानले प्युठान नगरपालिकालाइ आइतबार ज्ञापन पत्र बुजाएको छ । नगरपालिका भित्रका विद्यालय...

प्यूठान अस्पतालको बाटो मर्मतका लागि अनुगमन

प्यूठान अस्पतालको सडक मर्मतको लागि अनुगमन गरिएको छ । आइतबार सडक पूर्वाधार विकास कार्यालय प्यूठानका...

कालिका भगवती र भैरव मन्दिर परिसरमा सरसफाइ

४४ औं सामाजिक सेवा दिवसको अवसर पारी विजुवार बजार स्थित कालिका भगवती र भैरव मन्दिर...

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन्...

सरकार र शिक्षकहरूबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

काठामाडौं, सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा...