News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लब अफ प्यूठानद्धारा अस्पतलालाई फाइप पार्टस हेमाटोलोजी एनालाईजर मेसिन हस्तान्तरण

बिबश जि.एम२०७९ चैत्र २७
८११ पटक
२०७९ चैत्र २७

लायन्स क्लब अफ प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई फाइप पार्टस हेमाटोलोजी एनालाईजर मेसिन हस्तान्तरण गरेको छ ।

क्लबले सोमबार आज एक कार्यक्रमका बिच मेसिन हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पतालमा यस अघि थ्री पार्टस हेमाटोलोजी एनालाईजर मार्फत विरामीहरुको सेवा गर्दै आएकोमा अब अस्पतालले फाइप पार्टस मार्फत विरामीहरुलाई थप प्रभावकारी सेवा दिने भएको छ ।

ल्याबलाई स्तरोन्नती गर्न तथा विरामीको सेवामा थप सहज पु¥यानका लागि पनि मेसिन सहयो गरिएको लायन्स क्लब अफ प्यूठानका उपाध्यक्ष झविन्द्र शर्माले बताए ।

साथै क्लबले अस्पतालको लागि डाइलोसिस मेसिन समेत उपलब्ध गराउने तयारीमा रहेको बताए ।

त्यस्तै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. प्रमिला खनालले मेसिन उपलब्ध भएपछि स्वास्थ्य सेवामा टेवा पुग्ने बताइन् ।

लायन्स क्लब अफ प्यूठानका अध्यक्ष मिन बहादुर कवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जीसी, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. प्रमिला खनाल, प्यूठान नगरापालिकाका पूर्व मेयर अर्जुन कुमार कक्षपति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल, पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, औषधी व्यवसाय संघका जिल्ला अध्यक्ष भगत कर्मचार्य लगायतको उपस्थित थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...