News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लब अफ प्यूठानद्धारा अस्पतलालाई फाइप पार्टस हेमाटोलोजी एनालाईजर मेसिन हस्तान्तरण

बिबश जि.एम२०७९ चैत्र २७
७९९ पटक
२०७९ चैत्र २७

लायन्स क्लब अफ प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई फाइप पार्टस हेमाटोलोजी एनालाईजर मेसिन हस्तान्तरण गरेको छ ।

क्लबले सोमबार आज एक कार्यक्रमका बिच मेसिन हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पतालमा यस अघि थ्री पार्टस हेमाटोलोजी एनालाईजर मार्फत विरामीहरुको सेवा गर्दै आएकोमा अब अस्पतालले फाइप पार्टस मार्फत विरामीहरुलाई थप प्रभावकारी सेवा दिने भएको छ ।

ल्याबलाई स्तरोन्नती गर्न तथा विरामीको सेवामा थप सहज पु¥यानका लागि पनि मेसिन सहयो गरिएको लायन्स क्लब अफ प्यूठानका उपाध्यक्ष झविन्द्र शर्माले बताए ।

साथै क्लबले अस्पतालको लागि डाइलोसिस मेसिन समेत उपलब्ध गराउने तयारीमा रहेको बताए ।

त्यस्तै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. प्रमिला खनालले मेसिन उपलब्ध भएपछि स्वास्थ्य सेवामा टेवा पुग्ने बताइन् ।

लायन्स क्लब अफ प्यूठानका अध्यक्ष मिन बहादुर कवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जीसी, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. प्रमिला खनाल, प्यूठान नगरापालिकाका पूर्व मेयर अर्जुन कुमार कक्षपति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल, पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, औषधी व्यवसाय संघका जिल्ला अध्यक्ष भगत कर्मचार्य लगायतको उपस्थित थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...