News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा प्रभावकारी सेवा नभएको गुनासो

झुलेनी पोष्ट
५३८ पटक

प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सेवा भन्दा बढि हैरानी पाउने गरेको गुनासो बढेको छ । अस्पताल प्रवेश गर्ने सडक गतिलो नहुनु र उकालो सिंढि चढ्नपुर्दा बिरामीहरु झनै बिरामी हुने गरेको बताएका हुन् । जेनतेन अस्पताल प्रवेश गरेपनि अस्पतालबाट प्रवाह हुने सेवाबाट समेत बिरामीहरु सन्तुष्ट छैनन् ।

प्यूठान अस्पतालमा कार्यरत चिकित्सकहरुको मनोमानी बढेको भन्दै सेवाग्राहिले अस्पतालमा देखिएको बेथिति अन्त्यको माग गर्न थालेका छन् । अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न नागरिक सरोकार समाजले तत्काल समाधान गर्न सकिने समस्याहरु सुल्झाउनुपर्ने धारणा एक महिना अगाडीनै राखेका थिए ।

स्वास्थ्य सेवा प्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै सरोकार समाजले अस्पतालको समस्या समाधान गर्न भन्दै अस्पताल प्रशासनलाइ १९ बुँदे पत्र बुझाएको थियो । अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन पत्र बुझाएपनि कार्यान्वयन नभएकाे उनीहरुको गुनासो छ ।

व्यक्तिगत स्वार्थमा लिप्त केहिँ कर्मचारीलाई कार्वाहीको दायरमा ल्याउने ठोस योजना ल्याएमा दीर्घकालिन रुपमा अस्पतालको समस्या समाधान हुन सक्ने नागरिक समाजमा अनुगाहरुको भनाइ छ ।
अस्पतालमा कर्मचारीको मनोमानीसँगै अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुका साथै औषधी उपलब्ध नहुने र बिमा कार्यक्रम निस्प्रभावी भएको आरोप लाग्दै आएको छ ।

अस्पतालमा ड्यूटीकै समयमा चिकित्सकहरु निजी क्लिकमा धाउने गरेका छन् । अस्पतालमा मौलाएको बेतिथि प्रति ध्यानाकर्षण भएको  नव नियुक्त अस्पताल विकास समितिका अध्यक्ष विजयबिराज विष्टले  बताए । अस्पताल सुधारका लागि योजना बनाउन  निमित्त मेसु प्रमिला खनाल लाइ लगाएको उनले  बताए ।

जिल्ला अस्पताल बिजुवारको सेवा र भिडियो एक्सरे मेसिनकाे बिषयमा प्रशासनको समेत ध्यानाकार्षण भएको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...