News Portal

रेडियो सुन्नुहोस्

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न

बिबश जि.एम२०८० बैशाख १९
८५४ पटक
२०८० बैशाख १९

पालिका स्तरीय SMNH UPDATE मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि ANC To PNC Continnum Of Care अभिमुखिकरण तथा समीक्षा कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ ।

पालिका भित्र रहेका मातृ तथा नवजात शिशुहरुको मृत्युलाई कम गराउन विशेष यो कार्यक्रमको मुख्य उदेश्य रहेको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादु महतरा क्षेत्रीले जनाए ।

उनका अनुसार मातृ तथा नवजात शिशुहरुले अकालमै ज्यान गुमाईरहेको भन्दै यसलाई न्यूनिकरण गर्नको लागि कार्यक्रम गरिएको अध्यक्ष क्षेत्रीले बताए ।

गर्भस्था देखी सुत्केरी हुँदा सम्म अपनाउने विविध समाधानहरुको बिषयमा छलफल भएको गाउँपालिकाले जनाएको छ ।

देशैभरि सन २०३० सम्ममा मातृ तथा नवजात शिशु मृत्यु दर शुन्यमा ल्याउनको लागि बनेको कार्यविधिलाई अगाडी सारी कार्यक्रम गरिएको झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिकास के.सीले बताए ।

साथै गाउँघरमा धेरै जसो घरमै बच्चा जन्माउने कार्य भइरहेको हुँदा त्यस्तो अवस्थामा आमा र शिशुको ज्यान खतरामा हुने भन्दै त्यसलाई पनि कम गर्नको लागि सजकता अपनाउनको लागि पनि कार्यक्रमको आयोजना शाखा प्रमुख के.सीको भनाई छ ।

कार्यक्रममा उपस्थितहरुलाई स्वास्थ्य संस्थाको बस्तु स्थिति बारे जानकारी गराइएको शाखा प्रमुख के.सी ले बताए ।

गाउँपालिका अध्यक्ष पीत बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्र रहेका स्वास्थ्य शाखाका प्रमुखहरु, ८ वटै वडाका वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...