News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु

बिबश जि.एम२०८० बैशाख २०
९४३ पटक
२०८० बैशाख २०

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको सुत्केरी महिलाहरुलाई पोषण झोला उपलब्ध गराउने नीति अनुरुप जिल्लामा पनि आज बुधबार देखी पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए ।

उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयमा ३ सय कार्टुन अर्थात १२ सय झोला प्राप्त भएको जानकारी गराएका छन् ।

जिल्लाका सबै स्थानीय तह मध्य मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकामा वितरण गरि सकेको र बाकी स्थानीय तहमा यो एक हप्ताभित्र पठाईसक्ने अधिकृत पाण्डेको भनाइ छ ।

पोषण झोला स्थानीय तहमा गइसकेपछि त्यहाँ रहेका बर्थिङ सेन्टरबाट उक्त झोला वितरण हुने छ ।

सुत्केरी आमाहरुलाई सुत्केरी भएको समयमा बढी भन्दा बढी पोषण तत्वको आवश्यकता पर्ने भएकोले आमाहरुलाई पोषण तत्वको कमी नहोस भन्ने उदेश्य सहित पोषण झोला लुम्बिनी प्रदेश सरकारले वितरण गरेको हो ।

सुत्केरीले दैनिक एक सय ग्रामको दरले ५० दिनसम्म खान मिल्ने गरि उक्त पोषण झोला वितरण गरिएको छ ।

बैशाख महिनामा सुत्केरी भएकाहरुले समेत यो पोषण झोला पाउन सक्ने बरिष्ठ अधिकृत पाण्डेको भनाई छ ।

त्यस्तै जिल्ला अस्पताल प्यूठानमा आजबाट नै सुत्केरीहरुलाई झोला वितरण गरिएको छ ।

प्यूठान जिल्ला अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज विष्ट मार्फत अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई झोला वितरण गरिएको हो ।

जिल्ला अस्पताको लागि हाललाई अस्पतालमा १० कार्टुन अर्थात ४० झोला उपलब्ध भएको अस्पतालका निमित्त कार्यालय प्रमुख प्रतिमा भट्टराईले जनाए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...