News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु

बिबश जि.एम२०८० बैशाख २०
१२९१ पटक
२०८० बैशाख २०

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको सुत्केरी महिलाहरुलाई पोषण झोला उपलब्ध गराउने नीति अनुरुप जिल्लामा पनि आज बुधबार देखी पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए ।

उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयमा ३ सय कार्टुन अर्थात १२ सय झोला प्राप्त भएको जानकारी गराएका छन् ।

जिल्लाका सबै स्थानीय तह मध्य मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकामा वितरण गरि सकेको र बाकी स्थानीय तहमा यो एक हप्ताभित्र पठाईसक्ने अधिकृत पाण्डेको भनाइ छ ।

पोषण झोला स्थानीय तहमा गइसकेपछि त्यहाँ रहेका बर्थिङ सेन्टरबाट उक्त झोला वितरण हुने छ ।

सुत्केरी आमाहरुलाई सुत्केरी भएको समयमा बढी भन्दा बढी पोषण तत्वको आवश्यकता पर्ने भएकोले आमाहरुलाई पोषण तत्वको कमी नहोस भन्ने उदेश्य सहित पोषण झोला लुम्बिनी प्रदेश सरकारले वितरण गरेको हो ।

सुत्केरीले दैनिक एक सय ग्रामको दरले ५० दिनसम्म खान मिल्ने गरि उक्त पोषण झोला वितरण गरिएको छ ।

बैशाख महिनामा सुत्केरी भएकाहरुले समेत यो पोषण झोला पाउन सक्ने बरिष्ठ अधिकृत पाण्डेको भनाई छ ।

त्यस्तै जिल्ला अस्पताल प्यूठानमा आजबाट नै सुत्केरीहरुलाई झोला वितरण गरिएको छ ।

प्यूठान जिल्ला अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज विष्ट मार्फत अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई झोला वितरण गरिएको हो ।

जिल्ला अस्पताको लागि हाललाई अस्पतालमा १० कार्टुन अर्थात ४० झोला उपलब्ध भएको अस्पतालका निमित्त कार्यालय प्रमुख प्रतिमा भट्टराईले जनाए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...