News Portal

रेडियो सुन्नुहोस्

५ वर्षे आवाधिक योजना बनाउदै नौबहिनी गाउँपालिका

झुलेनी नेटवर्क
११३८ पटक

जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानले ५ वर्षे आवधिक योजना बनाउन सुरु गरेको छ । गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासन र वन वातावरण, पर्यटन एवं विपद् व्यवस्थापनका योजनालाई केन्द्रमा राख्दै परामर्शदाता मार्फत आवधिक योजना बनाउन थालेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी गराए ।

पालिकाभित्र अहिलेसम्म भएका विकास र प्रयासको समीक्षा गर्दै आगामी ५ वर्षभित्र गर्न सकिने संभाव्य योजना सहित आवधिक योजना निर्माण गर्न लागिएको पौडेलले बताए । त्यही अनुसारको योजना छनोट, तयारी र सुझाव संकलन गर्ने उद्देश्यले पूर्व, वर्तमान जनप्रतिनिधि, कर्मचारी, विभिन्न पेसा व्यवसायमा संलग्नहरूसँग छलफलका लागि कार्यशालाको तयारी भएको पौडेलले बताए । पालिकाले जेठ ४ देखि ६ गतेसम्म तिन दिन कार्यशाला आयोजना गर्दैछ ।

हालको अवस्थाको समिक्षा गर्दै आउने पाँच वर्षसम्मको योजना बनाउने तयारी गरीएको पालिका अध्यक्ष डिलबहादुर थापाले बताए । ‘हामी नौबहिनी गाउँपालिकाको समग्र विकास र रुपान्तरणका लागि योजनाबद्ध ढंगले अघि बढ्ने प्रयासमा छौं,’ उनले भने, ‘त्यसका लागि पहिलो खुड्किलो नै आवधिक योजना अत्यावश्यक देखेका हौं ।’ ‘योजना तयार गरेर यसकै आधारमा विकासका योजना तिब्र गतिमा अघि सार्नेछौं’, उनले भने ।

नैबहिनी गाउँपालिकामा ८ वटा वडा छन् । ८ वटै वडामा आवधिक योजनाको खाका तयार गर्नका लागि वडा स्तरमा छलफल र अन्तरक्रिया गरिएको छ । नौबहिनीलाई कस्तो बनाउने र विकासको मोडल कसरी तयार गर्ने भन्ने विषयमा यहाँका बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला लगायतसँग निरन्तर छलफल चलाइरहेको अध्यक्ष थापाले झुलेनी पोष्टसँगको कुराकानीमा बताए ।

अब पालिकाका गौरवका आयोजना कुन हो ? योजना कसरी छनोट गर्ने ? त्यसको कार्यान्वनयका लागि रणनीतिहरू के के बनाउने ? भन्ने विषयमा गहन छलफल गरि निश्कर्षमा पुग्ने गाउँपालिकाको योजना रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...