प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ।
जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको व्यवस्थापनवारे सहजिकरण हुने जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोख्रेलले वताए।
वुधवारसम्म चल्ने तालिमवाट सहकारीको क्षमता अभिबृद्धि र जोखिम न्युनिकरणको निम्ति फलदायी हुने अपेक्षा गरिएको अध्यक्ष पोख्रेलले वताए।