News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

बोम बहादुर परियार२०८० जेठ १७
१३८६ पटक
२०८० जेठ १७

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ । वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता र मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै धरम्पानी स्वास्थ्य चौकिका प्रमुख टुकाराम पोख्रेलले सरकारले अबलम्बन गरेका नितिनियम र सन्चालन गरेका गतिबिधिका बिषयमा प्रस्तुतीकरण दिएका थिए ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न नसर्ने रोगहरु क्यान्सर, मुटु रोग, दिर्घ स्वास प्रस्वास सम्बन्धी रोग र मधुमेह हुनुको प्रमुख कारण रहेको बताए ।

त्यस्तै बार्षिक नेपालमा करिब २७ हजार १ सय ३७ मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको पोख्रेलले बताए । त्यसैले यसको सेवन नगर्न उनले आग्रह गरेका थिए ।

नेपाल सरकारले तोकिदिएको सार्बजनिक ठाउँबाट एक सय मिटर वरपर सुर्तीजन्य पदार्थ बेच्न र सेवन गर्न रोक लगाएता पनी ब्यावहारमा लागू नभएको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अथिती कृष्ण बहादुर खड्काले सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा प्रयोगको न्यूनीकरण गर्न कडाईको साथ लाग्ने बाताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष नोमराज पौडेलले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरणको लागि महिला स्वास्थ्य स्वयंसेबिका हरुको समाजमा बिशेष भुमिका हुने हुँदा उनिहरुको सहयोगमा स्थानिय स्तरमा चेतना स्तर बढाउने कार्यक्रमहरु अगाडि लैजानुपर्ने बताए ।

मल्लरानी गाउपालिकाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिका, जनप्रतिनिधि, स्थानिय व्यापारी, स्वास्थ चौकी ब्याबस्थापन समिती र सरोकारवाला हरुको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...