News Portal

रेडियो सुन्नुहोस्

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

बोमबहादुर परियार२०८० जेठ १८ गते, प्यूठान
१४६१ पटक
२०८० जेठ १८ गते, प्यूठान

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्।
बुधवार मुक्ति माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटामा विद्यार्थीमाथि कुटपिट भएको हो।

सोही विद्यालयको गार्डले आन्दोलनमा प्रहरिले लाठिचार्ज गरेजसरी लाठि हिर्काउदा छेक्ने क्रममा केही विद्यार्थीहरु घाईते भएको विद्यालयका प्रधानाध्यापक दामोदर विष्टले पुष्टि गरे।

उनका अनुसार एकजना विद्यार्थीको प्यूठानमा उपचार हुन नसक्ने भएपछी बाहिर रिफर गरिएको छ भने अन्यको प्यूठानमै उपचार भईरहेको छ । प्यूठान अस्पत्तालमा उपचार भईरहेका एकजनाको हात फ्याक्चर भएको छ भने अन्यको शरिरका विभिन्न भागमा चोट लागेको छ ।

एकजना विद्यार्थीलाई बाहिर पठाउदै छौं अरुको यहिँ उपचार हुदैछ प्रधानाध्यापक विष्टले भने दुखद घटना घटेको छ। पहिले घाईतेको उपचार गर्नुपर्यो त्यसपछी घटनावारे थप छानविन गर्नुपर्ला।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुवाष खड्का ले सामान्य विषयमा विवाद उत्पन्न हुदा गार्डले कुटपिट गरेपछी ४ जना विद्यार्थी घाईते भएको जानकारी प्राप्त भएको वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...