News Portal

रेडियो सुन्नुहोस्

बालमैत्री स्थानीय शासन सञ्चालन सम्बन्धि तालिम ऐरावतीमा

झुलेनी नेटवर्क२०८० जेठ १९ प्यूठान
८१९ पटक
२०८० जेठ १९ प्यूठान

बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम ऐरावती गाउँपालिका ५ मा सम्पन्न भएको छ । सरोकार सञ्चार तथा मानव संशाधन केन्द्र प्यूठानको  आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा तालिम संचालन भएको हो ।

दुई दिन सम्म चलेको तालिममा बालमैत्री स्थानीय शासनका अवधारणा, सुचक, स्थानीय तहले बालमैत्री स्थानीय शासनका विषयमा गरेका प्रयासहरुका बारेमा जानकारी गाराईएको छ ।

न ५ वडाअध्यक्ष चन्द्रबहादुर रोका मगरले बालमैत्री स्थानीय शासनका सुचकहरुलाई पुरा गर्नको लागि सबै पक्ष सक्रिय भएर लाग्न आग्रह गरे । साथै आगामी दिनमा वडा न ५ लाई बालमैत्री वडा बनाउन सम्बद्ध सबैलाइ सहयोग गर्न समेत अपिल गरे ।

तालिमको सहजीकरण जुमान सिंह के सी, मधुसुदन भण्डारी, पारस भण्डारी लगायतले गरेका छ्न । यसैबीच ऐरावती गाउँपालिका वाड न ४ मा पनि विहिबार देखि दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तालिम शुरु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...