News Portal

रेडियो सुन्नुहोस्

अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि झिमरुक गाउँपालिकाको सेवा प्रवाह बन्द

झुलेनी पोष्ट२०८० जेठ २४
९१२ पटक
२०८० जेठ २४

झिमरुक गाउँपालिका प्यूठानमा गाउँपालिका अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि गाउँपालिकाको सेवाप्रवाह अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

बुधवार दिउँसो योजना तथा तथ्यांक शाखामा कार्यरत दिपक जि.सी.लाई गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन एमसी, पँधेरापात्ला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष राम बहादुर खड्का, सचिव गोपाल खड्काले अभद्र व्यवहार र हातपात गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीले संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै घटनाको भर्तसना गरेको छ ।

आफूमाथि हातपात भएपछि सुरक्षाका लागि प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालको कार्यकक्षमा गएका जि.सी. र रिजाललाई समेत अभद्र व्यवहार गर्दै गालीगलौच गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कर्मचारीहरुले कार्यकक्षमै अपमानित भई कुटाई खानुपरेको, सुरक्षित नभएको भन्दै दोषीहरुलाई कडा भन्दा कडा कारबाहि नहुँदा सम्म गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवाप्रवाह अनिश्चितकालका लागि बन्द गरिएको बिज्ञप्तीमा जारी गरिएको छ ।

हेर्नुहोस बिज्ञप्तीको पुर्ण पाठ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...