News Portal

रेडियो सुन्नुहोस्

देब बहादुरको कृतिमा हात खुट्टा बन्ने भयो , डाक्टर पौडेल ले लिए उपचारको जिम्मा

बोम बहादुर परियार२०८० जेठ २७
६६४ पटक
२०८० जेठ २७

राप्ती गाउपालिका वडा नम्बर २ बराखुटीका १६ वर्षिय बालक देब परियार को हात खुट्टा बन्ने भएको छ । उनी जनतन हिड्न सक्छन निकै अप्ठ्यारो सङ्ग । उनका हात आधा मात्र छन । खुट्टाको पनि पैताला छैनन् ।

सामाजिक सन्जालमा देब बहादुर को तस्बिर देखेपछी डाक्टर राजेन्द्र पौडेलले उनको निसुल्क हात खुट्टा राखिदिने घाषणा गरेका हुन् । शुक्रबार देब बहादुर ले पोखराको एक अस्पतालमा पुगेर आफ्नो कृतिम खुट्टा राख्नको लागि नापो अर्डर दिएर आएका छन ।

जन्मजात नै अपाङ्गता जन्मिएका देब बहादुर अहिले कक्षा १० मा अध्ययन गर्छन । अबको केहि समय भित्र उनको कृतिम खुट्टा तयार हुने डाक्टर राजेन्द्र पौडेल ले बताए । बालकको अहिले बढ्दो उमेर भएकाले हात केही बर्ष पछि राख्ने पौडेलको भनाई छ ।

उनको शारिरीक अबस्थाको विषयमा सामाजिक सान्जालमा तस्बिरहरु देखेपछी डाक्टर राजेन्द्र पौडेल ले झुलेनी मिडियालाई सम्पर्क गरि बालकलाई पोखरा पठाउन आग्रह गरेका थिए ।

प्युठान जिल्लाका सयौ हार्ड जोर्निका बिरामिहरुको निसुल्क उपचार गर्दै आएका पौडेल अहिले गरिब दुखी बिरामिको सहारा बन्दै आएका छन । शुक्रबार देब बहादुर आफ्ना मामा बिश्नु परियार सङ्ग पोखरा पुगेर खुट्टा अर्डर दिएर आएका हुन ।

बालक आफ्नो कृतिम खुट्टा बन्ने भएपछि खुसी भएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...