News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम सम्पन्न

बिबश जि.एम२०८० जेठ २७
७८६ पटक
२०८० जेठ २७

मल्लरानी गाउँपालिका भित्र रहेका सवै वडामा दर्ता भएका उद्योगी व्यवसायिहरुका लागि करदाता शिक्षा कार्यक्रम मल्लरानी गाउँपालिकामा आज शनिबार सम्पन्न भएको छ । शुक्रबार मल्लरानी गाउँपालिकाको १,२ र ३ नं वडाका लागि चुँजाठाटीमा कार्यक्रम गरिएको थियो भने शनिबार ४ र ५ नं वडाका लागि मल्लरानी गाउँपालिका खलंगामा गरिएको हो ।

कार्यक्रममा उद्योगीहरुलाई स्थानीय तहमा दर्ता नविकरण, आन्तरिक करदाता सेवा कार्यालय चकचकेबाट आयकर, मुल्य बृद्धिको अन्त शुल्क, कारोबार फरक भएमा मिसम्याच लगायतका विषयमा जानकारी गराईएको थियो ।

प्रशिक्षकको रुपमा स्थानीय तहमा दर्ता नविकरणको लागि मल्लरानी गाउँपालिकाका व्यवसायिहरुलाई व्यवसाय करको लागि स्थानीय तहले निर्धारण गरेको करको दर रेट, छुट तथा दर्ता नविकरणको निम्ति राजश्य शाखा प्रमुख प्रकाश वली, घरेलु कार्यालयले घरेलु तथा साना उद्योगमा दर्ता, नविकरण तथा त्यस कार्यालय बाट प्रदान गरिने सेवाहरुको विषयमा, करदाता सेवा कार्यालयले अन्त शुल्क, मदिरा जन्य आयकर तथा मुल्य अभिवृद्धि कर सम्बन्धि करदाता सेवा कार्यालय चकचके प्यूठानका निमित्त कार्यालय प्रमुख हेतुराम पुन मगर प्रशिक्षकको रुपमा रहेका थिए ।

उद्योग वाणिज्य संघको आयोजना तथा मल्लरानी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...