News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण

बाेम बहादुर परियार २०८० जेठ ३०
७४३ पटक
२०८० जेठ ३०

प्युठानमा सवारी दुर्घटना न्यूनीकरणको लागि सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
सोमबार टिकुरी बसपार्कमा गरिएको स्वास्थ्य परिक्षणमा ९१ जना सवारी चालकले आफ्नो आँखा र प्रेसरको जाँच गराएका छन । जसमध्ये ३ जनामा आँखाको समस्या देखिएको छ भने २१ जना सवारी चालकमा उच्चरक्त चापको समस्या देखिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट बाग्दुलाका प्रहरी निरीक्षक नवीन अधिकारिले जानकारी दिए । बाँकी सवारी चालकको अबस्था सामान्य रहेको उनको भनाई छ ।
नेपाल नेत्र ज्योति संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा स्वर्गद्वारी लाईफ केयर पोलीक्लिनिक बाग्दुलाले शिबिर सञ्चालनका लागि सहयोग गरेको थियो ।
प्युठान जिल्लाका प्रत्येक पालिकाका बजारहरुमा पुगेर सवारी चालकहरुको स्वास्थ्य अवस्था परिक्षण गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख चन्द्र के.सीले बताए । यसले गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्नमा मद्दत पुग्ने उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...