News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण

बाेम बहादुर परियार २०८० जेठ ३०
५६१ पटक
२०८० जेठ ३०

प्युठानमा सवारी दुर्घटना न्यूनीकरणको लागि सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
सोमबार टिकुरी बसपार्कमा गरिएको स्वास्थ्य परिक्षणमा ९१ जना सवारी चालकले आफ्नो आँखा र प्रेसरको जाँच गराएका छन । जसमध्ये ३ जनामा आँखाको समस्या देखिएको छ भने २१ जना सवारी चालकमा उच्चरक्त चापको समस्या देखिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट बाग्दुलाका प्रहरी निरीक्षक नवीन अधिकारिले जानकारी दिए । बाँकी सवारी चालकको अबस्था सामान्य रहेको उनको भनाई छ ।
नेपाल नेत्र ज्योति संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा स्वर्गद्वारी लाईफ केयर पोलीक्लिनिक बाग्दुलाले शिबिर सञ्चालनका लागि सहयोग गरेको थियो ।
प्युठान जिल्लाका प्रत्येक पालिकाका बजारहरुमा पुगेर सवारी चालकहरुको स्वास्थ्य अवस्था परिक्षण गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख चन्द्र के.सीले बताए । यसले गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्नमा मद्दत पुग्ने उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...