News Portal

रेडियो सुन्नुहोस्

आयुर्वेद योग सम्बन्धि अभिमुखिकरण कार्यक्रम नौबहिनीमा सुरु

बिबश जि.एम२०८० जेठ ३२
६५० पटक
२०८० जेठ ३२

आयुर्वेद योग सम्बन्धि शिक्षकहरुको लागि अभिमुखिकरण कार्यक्रम नौबहिनीमा सुरु भएको छ । “गरौं योग,रहांै निरोग” भन्ने मुल नाराका साथ बिहिबार देखि सुरु भएको अभिमुखिकरण कार्यक्रम ३ दिनसम्म चल्नेछ । गाउँपालिका भित्र रहेका १० वटा मा.वि र ८ वटा आधारभुत तहका विद्यालय गरि १८ विद्यालयका शिक्षकहरुका लागि अभिमुखिकरण तालिमको आयोजना गरिएको नौबहिनी गाउँपालिकाले जनाएको छ । प्रत्येक विद्यालयका स्वास्थ्य शिक्षा पढाउने शिक्षक शिक्षिकाहरुलाई तालिममा समावेश गराईएको छ ।

योग शब्द मानिसको स्वास्थ्यसँग जोडिएको बिषय भएकाले कसरी मानिसलाई स्वस्थ बनाउन सकिन्छ, स्वस्थ जीवन कायम गर्नका लागि अपनाईने जीवन शैली, हाल चलिरहेको अस्तव्यस्त जीवन शैली सन्तुलन तरिकाले परिवर्तन कसरी गर्ने लगायतका बिषयमा कार्यक्रम अवधिभर छलफल तथा सिकाई हुने लुङ गाउँ आयुर्वेद औषधालयका कविराज निरिक्षक बिष्णु थापाले जानकारी दिए । उनका अनुसार व्यक्तिलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बनाउने अभियान सहित गाउँपालिकाले यस्ता कार्यक्रमहरुलाई अगाडी सारेको बताए ।

साथै विद्यालयमा योग शिक्षा कार्यक्रम लागु गर्ने नीति भए अनुरुप यो कार्यक्रम सञ्चालन गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि यीनै नीतिलाई टेकेर कार्यक्रम गर्ने र बृहत्तर रुपमा विद्यार्थी, विद्यालयका अन्य शिक्षकहरुलाई समेत यो कार्यक्रम नियमित रुपमा सञ्चालन हुने उनले बताए । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख तारा पोख्रेल, र कविराज निशिक्षक टुक बहादुर रोका तालिममा प्रशिक्षकका रुपमा रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...