News Portal

रेडियो सुन्नुहोस्

माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक

झुलेनी पोष्ट २०८० असार २१
९६४ पटक
२०८० असार २१

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।
एसइई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए। बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गरेको छ। विद्यार्थीले नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी बोर्डले व्यवस्था गरेको छ। बोर्डका अनुसार परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ। त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ। बोर्डले नतिजाका हेर्नका लागि बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयको बेवसाइटwww.see.gov.np  मा पनि हेर्न सकिने जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...