News Portal

रेडियो सुन्नुहोस्

माण्डवीमा एसईई समिक्षा

झुलेनी नेटवर्क२०८० असार २७
७२३ पटक
२०८० असार २७

माण्डवी गाउँपालिकाले बुधबार एसईई नतिजाको समिक्षा गरेको छ । समिक्षाले विद्यालयमा हुने पठन/पाठन लगायतका विषयमा छलफल तथा निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

मासिक रुपमा प्रत्येक शैक्षिक संस्थाहरुमा सो मुल्याङकन पुस्तिका तयार गर्ने, मुल्याङकन पुस्तिका अनुसार कार्य भए नभएको अनुगमन गर्ने र मुल्याङकन अनुसार कार्य नभएको खण्डमा त्यस सस्थालाई बढुवा ग्रेड बृद्धि, तलब रोक्का गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए । गाउँपालिकाले शिक्षा क्षेत्रमा बढि लगानी गरे पनि राम्रो नतिजा नआएपछि ग्रेड वृद्धि र तलब रोक्काको निर्णय गर्नुपरेको अधिकारीले बताए ।

प्रमुख प्रशासकीय अधकिृत प्रकाश पाण्डेले प्रधानाध्यापकहरुले विद्यालयको कुशल प्रशासन संचालन गर्दै नतिजामा व्यापक सुधार गर्न आग्रह गरे । साथै शिक्षकहरुले आफ्नो पेशामा अनुशासिति, मर्यादति र परिणाम निकाल्नु पर्ने उनको भनाई थियो । समक्षिामा जनप्रतिनिधि, कर्मचारी र मावी विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...