News Portal

रेडियो सुन्नुहोस्

५८ औ रक्तसंचार सेवा दिवस प्यूठानमा पनि मनाइयो

बोम बहादुर परियार२०८० श्रावण १२
१०८३ पटक
२०८० श्रावण १२

प्युठानमा  बिभिन्न कार्यक्रम गर्दै ५८ औ रक्तसञ्चार सेवा दिवस मनाइएको छ । सुलभ गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा भन्ने मुल नाराका साथ सुक्रवार यो दिवस मनाइएको हो ।

रक्तदान संबन्धी विभिन्न नारा लगाउदै जुम्री विजुवार बजार परिक्रमगरि प्युठान अस्पतालमा पुगेर एक कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी प्यूठानका सभापति गुमानराज पुलामीले २०२३ साउन १२ गते बिर अस्पतालको सानो कोठाबाट सुचारु गरियको रक्तसंचार सेवा अहिले नेपाल रेडक्रस सोसाइटि मार्फत नेपालको १ सय २० स्थानबाट सेवा सुचारु भएको बताए । उनले यस आर्थिक बर्षमा रक्तदान केन्द्र प्यूठान मार्फत ४ सय १३ पिन्ट रगत संकलन गरिएको मध्य १ सय ८० पिन्ट रगत बितरण गरिएको बताए ।जिल्लामा बिभिन्न संघ सस्था र ब्यक्तिहरु संग समन्वय गरेर रगतको अभाब हुन नदिने र रगतको अभाबमा कसैले मृत्यु वरण गर्न नपर्ने पुलामीले बताए ।

लाएन्स क्लब अफ प्युठानका अध्यक्ष झविद्र शर्माले लाएन्स क्लबले स्वास्थ्यका क्षेत्रमा जिल्लामा धेरै काम गर्दै आएको अभगत गराउदै निकट भबिष्यमै प्यूठान अस्पतालमा डाइलाइसिस मेसिन उपलब्ध गराउने बताए । प्यूठान अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले रगत दान गर्दा बिरामीको ज्यान पनि बच्नुका साथै रगत दिने ब्यक्तिलाइ शारिरीकरुपमा अझ धेरै फाइदा पुग्ने बताइन ।

कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जि सी र बिषेस अथिती प्रमुख जिल्ला अधिकारी मदन कोइराला रहेका थिए । नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले रक्तदान गरेपछि कमजोर भैइन्छ भन्ने मानसिकतालाइ बदल्न जरुरी रहेको बताए ।
दिवसका अवसरमा लाएन्स क्लब अफ प्युठानको सहयोगमा बिहिवार बाग्दुलामा रक्तदानमा युवा रेडक्रस सदस्यको भुमिका बिषयक अन्तर मा बी स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरीएको थियो ।


२३ जना सहभागी रहेको प्रतियोगितामा चिरायु मा बी चिसाबाङकी छात्रा रेजिना केसी प्रथमा भएकि थिइन् । भानुभक्त मध्यमिक बिध्यालय बर्बोटका छात्र सन्देस जिसी दोस्रो कालिका माध्यमिक विध्यालय टारीकी छात्रा सुहाना सुबेदि तेस्रो र लक्ष्मी मा बी बाङगेमरोट कि छात्रा एन्जिला पन्थी चौथा भएकी थिइन ।

कार्यक्रमका अवसरमा जिल्लामा रहेर पटक पटक रगत दान गर्ने उत्कृष्ट १४ जना रक्तदाताहरुलाइ र एक संस्थालाइ समेत सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्युठानका मन्त्री दामोदर शर्माले संचालन गरेको कार्यक्रमको स्वागत मन्तब्य रक्तसंचार सेवा उपसमिती संयोजक धु्रव जिसीले राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...